लिमिठाना माविको ५५ औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न

पुष ७, पर्वत । लिमिठाना माविको बार्षिकोत्सव सम्पन्न भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–७ लिमिठानामा अवस्थित लिमिठानामा माध्यमिक विद्यालयको सोमवार ५५ औँ बार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले कोभिड–१९ को जोखिम बढिरहेको वर्तमान अवस्थामा संक्रमणको जोखिमलाई मध्येनजर गदै विद्यालय संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लिमिठाना माबिलाई कानुन बिषय पढ्नका लागि कानुनको हबको रुपमा विकास गरिने बताउनुभएको छ । विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नगरपालिका चौतर्फी रुपमा सहयोग गर्ने शर्माले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथि पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीले शैक्षिक विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक याम प्रसाद शर्माले आर्थिक वर्ष २०७६÷०७७ को १ कोरोड ६२ लाख ६५ हजार ५ सय १४ रुपैयाँको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक विजयराज पौड्यालको स्वागत मन्तव्य र कार्यक्रमको संचालन कमलराज पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार ०२:०३