गोबिन्दा : अंग्रेजी बोल्न नजानेपछि वेटरको जागिर पाएनन्

मुम्बई । बलिउड नायक गोबिन्दाको आईतवार जन्मदिन थियो । २१ डिसेम्बरमा उनी ५७ औं जन्मदिन मनाउदैछन् । उनको अभिनय र नृत्यको चर्चा अहिले पनि हुन्छ बलिउडमा । ८० देखी ९० को दशकमा उनी बलिउडका चर्चित कलाकारका रुपमा चिनिन्थे ।

उनका बुबा अरुण आहुजाले ४० वर्ष फिल्म उद्योगमा काम गरेका थिए । उनकी आमा निर्मलादेवी प्रसिद्ध क्लासिकल सिंगर एवं गायिका थिइन् । उनको बचपन गरिबीमा बितेको थियो । गोबिन्दा जन्मिनु अघि नै उनको उनको बुबा ऋणमा थिए ।

उनी तन्नेरी हुँदासम्म घरको आर्थिक स्थिती नाजुक थियो । जब कमर्शमा स्नातक गरे अनि जागिरका लागि धाउन थाले । मुम्बइको होटल ताजमा वेटरका लागि अन्तर्वार्ता दिए तर, जागिर पाएनन् । कारण उनले अंग्रेजी बोल्न सकेनन् । उनले २२ वर्षको उमेरमा हिन्दी फिल्म ‘इल्जाम’बाट डेब्यु गरेका थिए ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०१:०९