भारतबाट घर फर्केका बिहादी गाउँपालिकाका शोभाखर बाटोमा बेपत्ता

पुष ८, पर्वत । भारतको हरियाणाबाट घर फर्कदै गरेका पर्वतको बिहादी गाउँपालिका वडा नं ५ उराम खोरपोखराका शोभाखर बस्याल ११ दिन देखि बेपक्ता भएका छन । हरियाणाबाट घर आउँदै गरेका ५७ बर्षिय बस्याल डिसेम्बर १० देखि बेपत्ता भएका हुन ।

भारतको हरियाणा राज्यको बल्लभगढ स्थित बिजुली विभागमा कार्यरत बस्याल डिसेम्बर १० तारिखमा नेपाल हिडेको र युपीको बरेली पौगेरबाट सम्पर्कबिहीन भएको प्रवाशी नेपाली जनसमाज भारत केन्द्रिय कार्यालयले जनाएको छ ।

गाजियाबादको कौसम्भीबाट सुनौली जाने बस सम्म साथीले पु¥याएका थिए भने अन्तिम पटक उत्तर प्रदेशको बरेली पौगेर नेपाल आउँदै गरेको खवर नेपालमा आफन्तहरुलाई सुनाएको समाजले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । त्यसपछि सम्पर्क बिहीन भएका बस्यालको आफन्तहरुले खोजी गरिरहेका छन ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०१:३५