नेकपालाई जनताको दैलोमा पुगेर भोट माग्ने नैतिक आधार समाप्त भएको काँग्रेस नेता जोशीको टिप्पणी

पुष ८, पर्वत । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरूले चुनावअघि जनतालाई देखाएको उधारो सपनाको तिनबर्षमै अवसान भएको वताउनु भएको छ ।

नेता जोशीले जननिर्वाचित संस्था संसदलाई विघटन गरेर ओलीले जनताको आदेश र विश्वासलाई कुठाराघात गरेको वताउँदै जनताको विश्वासमा खेलाची गरेर संविधान र मुलुकमाथि वेइमान गर्ने नेकपाले अब जनतामा पुगेर भोट माग्ने नैतिक आधार समाप्त भएको दावी समेत गर्नुभएको थियो । नेपाल महिला संघ जलजला वडा नं -४ ले आयोजना गरेको महिला भेलालाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो ।

केन्द्रीय सदस्य जोशीले देशभरका जनताहरूले अहिले काँग्रेसको आवस्यकता महशुस गरेको वताउँदै अबको निर्वाचनमा काँग्रेसले उत्साहपूर्ण बहुमत ल्याउने कुरामा आफू विश्वस्त रहेको दाबी गर्नुभएको थियो । उहाँले २०७४ को निर्वाचन हार्दा धेरै कार्यकर्तामा निरासा छाएको तर एउटा निर्बाचन हार्दा काँग्रेसलाई केही घाटा नभएको वताउँदै त्यो निर्बाचन परिणामलाई शिरोधार्य गरेर आफू झन जनताको घरदैलोमा पुगेर उनीहरुको सुखदुखमा सहभागी हुने अवसर पाएको वताउनु भएको थियो । नेता जोशीले महिलाहरुको उत्साहलाई थप प्रोत्साहित आवश्यक रहेको भन्दै महिलाहरूको सीप, समृद्धि र रोजगारीको लागि कांग्रेसले नयाँ कार्यक्रम अघि सारेको र जिल्लाका ६१ वटै वडामा महिलाहरुको अधिकार र अस्तित्वको स्थापना गर्न पार्टीले महिला जागरण अभियान सञ्चालन गर्ने तयारीमा रहेको जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नेपालको संविधानले महिलाहरूको सहभागितालाई सुरक्षित गरेको वताउँदै सहभागिताले मात्रै महिलाहरूको उत्थान र प्रगति सम्भव नभएको भन्दै हरेक संघ संस्थामा महिलाहरुको अर्थपूर्ण र निर्णायक सहभागिता हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । काँग्रेसका युवा नेता समेत रहेका मल्लले कम्युनिष्ट सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको र जन निर्वाचित संस्था संसदलाई विघटन गरेकोले देश फेरि नयाँ राजनीतिक मोडमा प्रवेश प्रवेश गरेको जानकारी दिनुभएको थियो ।

अध्यक्ष मल्लले केन्द्र सरकारको अनावश्यक हस्तक्षेपका कारण स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकिएको वताउँदै सिमित श्रोत र साधनको बीचमा पनि जलजला गाउँपालिकाले धेरै जनमुखी कार्यक्रम अघि सारेको उल्लेख गर्दै आफूले अघि सारेको कार्यक्रममा रचनात्मक सुझाव दिन समेत उहाँले समस्त गाउँपालिकाबासीमा आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चूडामणि शर्मा, नेपाल महिला संघ पर्वतका कार्यवहाक अध्यक्ष मुना शर्मा लामिछाने, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, महिला नेतृ एवं जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुन, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय, जलजला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, नेपाली कांग्रेस जलजला ४ का वडासभापति मेघनाथ पौडेल, महिला नेतृ एवं कुश्मा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मिना कर्माचार्य, महिला नेतृ एवं कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्मा, समाजसेवी डण्डपाणी रिजाल लगायतले बोल्नुभएको थियो ।

नेपाल महिला संघका क्षेत्रीय सभापति लक्ष्मी हमालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन क्षेत्रीय सचिव जमुना मल्लले गर्नुभएको थियोभने कार्यक्रममा स्वागत मन्तव्य महिला संघका क्षेत्रीय सदस्य टिका मल्लले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गत स्थानीय निर्वाचनमा नेकपाकाबाट उम्मेदवार भएका नेकपा जिल्ला सदस्य पदमकुमारी (सुगा मल्ल) लगायतका आधा दर्जन व्यक्तिहरुले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । भेलाले प्रमिशा हमालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नेपाल महिला संघ पर्वतका कार्यवहाक अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०२:०६