स्वर्गिय दलित अगुवा धनिलाल विकको श्रद्धाञ्जली सभा सम्पन्न

पुष ८, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य, नेपाल दलित संघ पर्वतका उपाध्याक्ष एवम् त्यागी नेता स्वर्गिय धनीलाल विकको १० औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

नेपाली काँग्रेस वडा कार्य समिति दुर्लुङको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गिय विक असल, कर्मशिल र पार्टीप्रति सँधै बफादार सिपाही भएको बताउनु भयो । तल्लो समुदायमा जन्मिएर पनि धनिलाल सँधै उच्च सोच र विचारले चल्ने व्यक्ति भएकाले उहाँले देखेका सपना पुरा गर्ने दायित्व नेपाली काँग्रेसको काँधमा आएको बताउनु भयो । स्वर्गिय धनिलालको निधनले नेपाली काँग्रेसलाई अपूर्ण क्षति पुगेको बताउँदै शोकलाई शक्तिमा बद्ल्न परिवार जनलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले निष्ठावान र लोकतन्त्रवादी स्वर्गिय धनिलाल विकको मृत्युले पार्टीलाई अपुर्०ा क्षति पु¥याएको बताउँदै उहाँका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले स्वर्गिय धनिलालले पार्टीप्रति पु¥याएको योगदानको कदार गदै अगाडि बढेमा उहाँप्रति सच्चा सम्मानहुने धारण व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सदस्य कुलप्रसाद उपाध्याय, डाक्टर चुडामणि शर्मा नेपाली काँग्रेस कुश्मा नगर कार्य समिति सदस्य कुलप्रसाद पाध्य, सुर्य प्रकाश माविका प्रधानाध्यापक श्याम सुन्दर सापकोटा, नेपाल दलित संघ पर्वतका सह–कोषाध्याक्ष सन्तोष बराल र परिवारको तर्फवाट स्वर्गिय धनिलालका कान्छा सुपुत्र रोजेन्द्रवहादुर विक लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस वडा कार्य समिति दुर्लुङका सभापति बालकृष्ण शर्माको सभापतित्वमा स्म्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य खडनन्द शर्मा र धन्यवाद मन्तव्य दुर्लुङका सहसभापति डण्डापाणि उपाध्याय गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस वडा कार्य समिति दुर्लुङ सचिव होमवहादुर थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ११:१२