सुन तस्करी काण्ड : को छुटे, अब को–को छन् थुनामा ?

नेपाली आवाज । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धी घटनामा प्रहरीद्वारा अदालतमा पेश गरिएका अभियुक्तमध्ये उच्च अदालत विराटनगरको आदेशमा अहिलेसम्म १२ जना रिहा भएका छन् । १२ जनाको मुद्दामा फैसला हुन बाँकी छ । १५ जना अभियुक्तलाई जिल्ला अदालतले गरेको फैसला नै सदर भई पुर्पक्षमा थुनामा छन् ।

भरिया भनिएकालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । उच्च ओहदाका प्रहरी अधिकृत, योजनाकार र लगानीकर्ता भनेर अभियोग लगाइएकाहरु भने थुनामुक्त भएका छन् । ७५ जनाविरुद्ध मुद्दा चलाइएकोमा प्रहरीले जिल्ला अदातल मोरङ समक्ष ४५ जनालाई पेश गरेको थियो । उनीहरुमध्ये ४२ जनाले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा साधारण तारेखमा छाड्न माग गर्दै अदालती बन्दोबस्तीको १७ नम्बर पुनरावेदन गरेका थिए ।

घटनामा संलग्न भएको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले २०७४ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी १७ अर्ब १ करोड ८० लाख मूल्य बराबरको करिब ३८ क्विन्टल सुन तस्करी गरेको आरोपमा चूडामणि उप्रेती ९गोरे०, प्रहरीका बलावाला र पूर्वउच्च अधिकृतसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । पुरक अभियोग लगाइएका समेत प्रहरीले विभिन्न समयमा ४५ जना अभियुक्तलाई अदालतमा पेश गरेको थियो ।

मुद्दा चलाइएका बहालबाला र पूर्वप्रहरी अधिकृतमध्ये पाँचजना साधारण तारेखमा छुटेका छन् । दुई जनालाई पुर्पक्षमै राख्न आदेश भएको छ । यसअघि भएको जिल्ला अदालतको आदेशमा उल्ट्याउँदै पाँच हजार धरौटीमा छुटेका विष्णु खड्का र साधारण तारेखमा छुटेका अमरबहादुर थापामगरलाई भने उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ । खड्का एसएसपी श्याम खत्रीका ड्राइभर र थापामगर बडीगार्ड हुन ।

को कहिले छुटे ?

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न बिहीबार आदेश दिएको छ । मुख्य न्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङकै फैसलालाई सदर गर्दै यस्तो आदेश गरेको हो ।

गत २०७४ मंसिरमा थाई एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको साढे ३३ केजी सुन गायब भएको थियो । २०७४ फागुन १८ गते यसका नाइके चूडामणि उप्रेती ९गोरे० का सहयोगी मोरङ उर्लाबारीका युवा सनम शाक्य हत्या भएपछि घटना बाहिर आएको हो । सुन पठाउने क्रममा माघ ९ गते बाटोबाटै गायब भएको थियो । गोरेले आफ्ना लेखापाल सनम शाक्यलाई करेन्ट लगाएको भिडियो पनि सार्वजनिक भएको थियो । घटनापछि प्रहरीले गरेको अनुसन्धानको क्रममा संगठित रुपमा विभिन्न समयमा करिब साढे ३८ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सरकारले यो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

तीन बेञ्चमात्र सूचारु
सुन तस्करी मुद्दा हेरिरहरेका उच्च अदालत विराटनगरका पाँच जना न्यायाधिश काठमाडौं तानिएपछि शुक्रबार तीनवटा बेञ्चमा सूचारु भएका छन् । ती बेञ्चमा ३७ मुद्दा पेशीमा रहेको बताइएको छ ।

डा। कुलरत्न भुर्तेल १ नम्बर बेञ्च र ऋषिराम दवाडी, हरिप्रसाद बगाले र हरिप्रसाद भण्डारीले २ नम्बर बेञ्च र जनक पाण्डेलाई ३ नम्बर बेञ्चमा इजलास तोकिएको थियो । न्यायाधीश भुर्तेल र दवाडी तथा बगाले र भण्डारीको बेञ्चमा १७–१७ वटा र पाण्डेकोमा भने तीनवटा पेशी चढेका थिए ।

उच्च अदालत विराटनगरका अनुसार न्यायधीशहरु सारङ्गा सुवेदी, उमेशकुमार सिंह, उमेशराज पौड्याल, नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की काज सरुवामा सर्वोच्चमा तानिएका छन् । उच्च अदालत स्रोतका अनुसार सर्वोच्चको पत्रअनुसार शुक्रबारदेखि कुनै पनि मुद्दा हेर्न नपाउने र साबिकै ठाउँबाट तलब सुविधा खानेगरी उनीहरुलाई काज सरुवा गरिएको हो ।

सरुवा भएका न्यायाधीशले जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका सुन तस्करी र सनम शाक्य हत्या अरोपका अभियुक्तहरुमध्ये कतिपयलाई सदा र केहीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

जो थुनामा छन्
जिल्ला अदालत मोरङले सनम हत्या अभियोगमा प्रतिवादीहरु मोहन काफ्ले,टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे र राजन कुमारलाई थुनामा राख्न आदेश दिएको थियो । यसैगरी त्रिभुवन विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, सम्बिर तोलांगे, गोपाल श्रेष्ठ, पुण्यप्रसाद लामा, तुलाराम थारु, राजन थापा र व्यापारी महावीर गोल्यानलगायत थुनामा छन् ।१२ बाह्रखरीवाट साभार

प्रकाशित मिति ५ माघ २०७५, शनिबार ०१:३५