महेन्द्रोदय माविमा विद्यालय व्यवस्थापन समिति गठन

पुष ९, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङमा अवस्थित महेन्द्रोदय माविमा अभिभावक संघ गठन भएको छ । विद्यालयमा बसेको अभिभावकहरुको भेलाले नुनप्रसाद गुरुङको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा भुवनसिङ गुरुङ, जमुना पौडेल, सीता राना, खगेश्वर शर्मा, स कुमारी मल्ल, वडाध्याक्ष बिष्णुवहादुर राना, शिक्षक प्रतिनिधी नरेन्द्र बहादुर क्षेत्री र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद गुरुङ चयन हुनुभएको छ ।
भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा मेघमाया गुरुङलाई चयन गरेको छ । समितिको सदस्यमा रतनसिङ गुरुङ, संगिता विक, कुमार राना, डिमवहादुर क्षेत्री, गमबहादुर बराल, मिना विक, पेमा नेपाली, शिक्षक प्रतिनिधी चन्द्रवहादुर बराल, विव्यस अध्यक्ष नुनप्रसाद गुरुङ र प्रधानाध्यापक गोबिन्द प्रसाद गुरुङ रहेको (चयन) हुनुभएको हो ।
विद्यालयका निवर्तमान अध्यक्ष तथा भोक्सिङका वडा अध्यक्ष विष्णुवहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महाशिला गाउँपालिका गाउँ शिक्षा अधिकृत दिनेश शर्माको प्रमुख आतिथ्यता र कम्प्युटर अप्रेटर रमेश शर्माको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ००:४७