रक्त क्यान्सरबाट पीडित पुर्जालाई १ लाख १७ हजार आर्थिक सहयोग

पुष ९, पर्वत । रक्त क्यान्सरबाट पीडित पर्वत जिल्ला जलजला गाउँपालिका– १ बाासखर्कका २३ बर्षिया करण पुर्जाको आर्थिक रकम प्रदान गरिएको छ । पर्वत कलाकार समाज नेपालको समन्वयमा पुर्जालाई एक लाख १७ हजार रुपैयाँ प्रदान गरिएको हो ।

अमेरिकामा रहनु भएका चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेको नेतृत्वमा थालिएको सहयोग संकलन अभियानमा सरोजकृष्ण पुरी,दिपक रिजाल,कृष्णकुमार जोशी,ईश्वर गिरी, काशी गिरी, रामकृष्ण पुरी, सुमन पुरी, बिनोद गिरी, भुमराज गिरी, मनु गिरी, सुरेश गिरी, रबिन शर्मा, श्रवण जोशी, नारायण ढकाल, पुरुषोत्तम ढकाल र नरेन्द्र के.सी लगायतले सहयोग गर्नुभएको थियो । संकलित रकम पीडित पुर्जाका बुवा थमन पुर्जालाई प्रदान गरिएको पर्वत कलाकार समाज नेपालका अध्यक्ष कस्तुप पन्तले जानकारी दिनुभयो ।

घरपरिवारको आर्थिक स्थिति निकै कमजोर रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको खवर आएसँगै पुर्जाको जिवन रक्षाका लागि रकम प्रदान गरिएको पन्तले बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा पर्वत कलाकार समाज नेपालका बरिष्ठ उपाध्याक्ष कुलेन्द्र विश्वकर्मा, डाक्टर कमल लम्साल, नेपाली काँग्रेस पर्वत काठमाडौँ सम्पर्क समितिका सचिव इश्वरी पन्त, चलचित्र पत्रकार संघ नेपालका उपाध्याक्ष जिवन पराजुली लगायतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो । पिडित पुर्जाका बुवा थमन पुर्जा चलचित्रमा सह–निर्देशक गदै आउनु भएको छ । विगत दुई महिनादेखी रक्त क्यान्सरबाट पीडित पुर्जा हाल काडमाडौँ उपचाररत छन् । उनलाई थप रकमको आवश्यकता पर्ने भएकाले देशविदेशमा रहनुभएका महानुभावलाई सहयोग गरिदिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०३:५१