नेपाली काँग्रेस महाशिलाको गैडाकोटमा पुगेर श्रद्धाञ्जली सभा

पुष ९, पर्वत । नेपाली काँग्रेस महाशिलाको आयोजनामा गैडाकोटमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । जिल्लाको महाशिला गाउँपपिालिका– ५ साविक वडा नम्वर १ का लुङखु गाउँ विकास समितिका तत्कालिन वडा अध्यक्ष स्वर्गिय हरिलाल पौडेलको १३ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले स्वर्गिय पौडेल निडर र प्रजातन्त्रबादी एक सच्चा सिपाही भएको बताउनु भयो । मुलुकमा प्रजातन्त्र ल्याउन स्वर्गिय पौडेलले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँको निधनले काँग्रेसलाई अतुलनिय क्षती पुगेको जिकिर गर्नुभयो । काँग्रेस नेता उज्जवल गुरुङले स्वर्गिय पौडेलको निधनले मर्महत बनाएको बताउँदै शोकलाई शक्तिमा बदल्न परिवारजनलाई आग्रह गर्नुभयो ।

प्रजातन्त्रीक प्रध्यापक संघका केन्द्रिय सदस्य भिम नारायण उपाध्यायले पौडेललको निधनप्रति दुःख व्यक्त गर्नुभयो । सभापति कमलापती शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य काँग्रेस नेता शालिग्राम शर्मा र संचालन क्षेत्रिय सदस्य कृष्ण शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०३:५८