पार्टी विभाजनले नेकपा नेता कार्यकर्ता हतोत्साही, जिल्ला सदस्य र उम्मेदवारसहित आधादर्जन काँग्रेसमा प्रवेश,विहादीमा पनि दर्जनौं कार्यकर्ताले नेकपा परित्याग गरे

पुष ९, पर्वत । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन भएसंगै नेता कार्यकर्ता हतोत्साही देखिएका छन् । लामो समयदेखि पार्टीमा काम गरेका नेता कार्यकर्ताहरुमध्ये केही स्वतन्त्र बस्ने घोषणा गरेका छन् भने केही नेता कार्यकर्ताले नेकपा छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा विभाजन भएकै दिन मंगलबार नेकपा पर्वतका जिल्ला सदस्य पद्मकुमारी मल्ल (सुगा) नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।

जलजला–४ मा तत्कालिन नेकपा माओबादी केन्द्रबाट वडा सदस्यको उम्मेदवारसमेत रहेकी मल्ल जलजलामा नेकपाको प्रभावशाली नेता मानिन्थिइन । नेकपामा ठुलो आशा र भरोसा भएपनि अहिले आएर आफ्नो स्वार्थका निम्ति देश र जनतालाई बलिदिनसमेत नेकपा तयार हुदोरहेछ भन्ने पुष्टि भएको भन्दै उनले आफु नेपाली काँग्रेसमा प्रवेश गरेको बताइन । उनीसहित नेपाली काँग्रेसमा मंगलबार मल्लाजमा आधा दर्जन नेता कार्यकर्ताले नेकपा छाडेर नेपाली काँग्रेसमा प्रवेश गरे ।

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय प्रमुख अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डा।चुडामणी शर्मा, जलजलाका सभापति चन्द्रबहादुर जिसी, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनलगायतले अबिर र माला लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका थिए । सो अवसरमा काँग्रेस नेता जोशीले कम्युनिष्टहरु गफ मात्रै गर्छन, जनतालाई ढाट्छन भन्ने कुरा अहिले पुष्टि भएको बताए । उनले यो देशको आशा र भरोसाका साथै मुलुकको विकास र समृद्धि दिने पार्टी नेपाली काँग्रेस नै भएको दाबी गरे ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका जलजला गाउँपालिका अध्यक्ष मल्लले नेपाली काँग्रेसले इतिहासदेखि अहिलेसम्म जनता र मुलुकको लागि गरेको कामले नै अहिले नेपाली काँग्रेसमा प्रवेशको लहर आएको बताए । मल्लकै पहलमा जलजलामा नेकपाका निर्वाचित वडा सदस्यसहित झण्डै पाँच सयबढी नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् ।

त्यस्तै यता पर्वतको बिहादी गाउँपालिकामा नेकपा परित्याग गरेर नेपाली काँग्रेस मा प्रवेश गर्ने युवाहरू को लहर चलेको छ । ओली सरकारले जनताको विपरीत काम गरेको र देशमा भ्रष्टाचार , बलात्कार ,कोरोनाको समयमा खरिद गरेको स्वास्थ सामाग्रीमा अनियमित बढ्दै जादा पनि सरकार तिनैको संरक्षणमा लागि परेको भन्दै बिहादीमा नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने को संख्या बढ्दै गएको छ ।

आइतबार बिहादी गाउँपालिका को वाहाकीमा नेकपा लगायतका विभिन्न पार्टी परित्याग गरि दुई दर्जनभन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस पर्वत का पार्टी सभापति खिम प्रसाद भुसाल , नेपाली काँग्रेस पर्वतका सदस्य दक्षिण पर्वतका युवा नेता युवाहर का धरोहर प्रविन गुरुङ , नेपाली काँग्रेस बिहादी गाउँपालिका नेपाली काँग्रेस का पार्टी सभापति विस्नु भुसाल , नेपाल तरुण दल बिहादीका सचिव गंगा श्रेष्ठ , नेपाली काँग्रेस वाहाकीका पार्टी सभापति लगाएका व्यक्तिले खादा र टीका लगाइदिएर नवआगन्तुक लाई स्वागत गर्नुभएको थियो ।

केहीदिन अघि पनि नेपाल महिला संघ विहादीको अधिवेशन मा बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका प्रेम नेपाली बिहादी ४ वाहाकीका मिलन श्रेष्ठ लगायतका विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता नेपाली काँग्रेस मा प्रवेश गरेका थिए ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार १०:५८