डाक्टर गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु अक्षरस कार्यान्वयन गर्न सरकारलाई ज्ञापनपत्र

नेपाली आवाज । सत्याग्रही डाक्टर गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु अक्षरस कार्यान्वयन गर्न माग गदै मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा पर्वतले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।सरकारले एउटा सत्याग्रहीसँग गरिएका सहमति कार्र्यान्वयनमा उदासिनता देखिदा आमजनमासमा बितृष्ण र सरकारप्रति बढ्दो अविश्वासलाई मध्येनजर गदै डाक्टर केसीसँग भएका सहमति कार्यान्वयन गरी फेरी सत्यग्रह र आन्दोलन गनुृपर्ने परिस्थिती उत्पन्न हुन नदिन मानव अधिकार तथा शान्ति समाज प्रधानमन्त्री समक्ष आग्रह गर्दछ ज्ञापनपत्रमा भनिएको छ ।

त्यस्तै वाइड बडी जहाज खरिद प्रकरणमा व्यापक भष्ट्राचार र अनियमितता भएको तथ्य प्रकाशमा आएको सन्दर्भमा पर्यटन तथा नागरिक उड्नयनमन्त्री रविन्द्र अधिकारीले संसदीय समितिमा नै पटक पटक झुठ बोलेको प्रमाणित अवस्थामा लोकतान्त्रिक मुल्य र संसदीय मर्यादाका खातिर मन्त्री अधिकारीलाई तत्कालन मन्त्री पदवाट बर्खास्त आग्रह गरिएको छ । साथै वाइड बढी जहाज खरिद प्रकरणमा भ्रष्ट्राचार र अनियमितनामा संलग्न मुल पात्रहरुलाई कारवाही गर्न शान्ति समाज पुन आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउन मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा पर्वतका अध्यक्ष कुलवहादुर पुन, पूर्व अध्यक्ष सरस्वती शर्मा ‘जिज्ञासू’,निर्मल विश्वकर्मा, सल्लाहकार कमलनाथ पोख्ररेल, सदस्य संगिता केसी लगायतको टोलीले ज्ञापन पत्र बुझाएको मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा पर्वतका सचिव साजन परियारले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले ज्ञापनपत्रलाई आजनै सम्वन्धित निकायमा पठाईदिने बताउनु भयो ।

प्रकाशित मिति ५ माघ २०७५, शनिबार ०१:४०