मालपोत कार्यालय तोडफोडमा उत्रिएका यूवालाई रिहा गर्न मानवधिकारबादी संघसंस्थाको माग

पुष १०, पर्वत । मालपोत कार्यालय पर्वतमा सेवा लिन ढिलासुस्ती भएको भन्दै तोडफोडमा उत्रिएका यूवालाई रिहा गर्न विभिन्न मानवधिकारबादी संघसंस्था र आफन्तहरुले माग गरेका छन् । मालपोतमा तोडफोड गरेको भन्दै जलजला गाउँपालिका ३ का सुमनबहादुर खत्रीलाई प्रहरीले पक्रिएको थियो । आज जिल्ला प्रसासन कार्यालयमा पुगेर उनको शिघ्र रिहाइको माग गरिएकोे छ । उपभोता मञ्च नेपाल पर्बतले आज प्रसासनमा पुगी स्रेस्ता संसोधन गर्न कार्यालयले ढिलाई गरको झोकमा उनले तोड्फोड गरेको दावी गरेको छ ।

मञ्च पर्बतका अध्यक्ष सूर्यप्रकाश पौडेल सहितका नागरीक समाजले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी समक्ष यस्तो माग गरेका थिए । सेवाप्रदायक सरकारी निकायले सेवाग्राही कै काममा लापरवाही गरेको भन्दै आपत्ति जनाएका छन् । कार्यालय तोड्फोड गरे लगतै निज सुमन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारीले उक्त बिषय माथिल्लो निकायमा नपुराई तलै समाधान गर्न सकिने प्रतिकृया जनाउनुभयो । उहाँले उपभोत्ता संघ,नागरीक समाज र पत्रकारहरुको यो बिषयमा चासो पुगेको भन्दै यसलाई लचकता अपनाउनु पहल गर्ने समेत आश्वासन दिनुभएको छ । साथै,उहाँल सरकारी काममा ढिलासुस्ती सहित लापरबाही गर्ने जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिनुभयो ।

उता,छलफलमा सहभागी प्रहरी नायव उपरीक्षक.विश्राज अधिकारीलाई समेत अनुसन्धानका क्रममा पूर्वाग्रह नराख्दै यर्थाथ बिबरण्न सार्वजनिक गर्न समेत अनुरोध गरेका थिए । अधिवत्ता यज्ञ प्रसाद थापा,मञ्चका सचिव भवानीप्रसाद शर्मा लगायतले यो बिषयलाई सामान्यकरण नगरे यसले ठूलो रुप लिन सक्ने हुँदा बेलैमा सचेतना अपनाउन अनुरोध गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न छलफलको सहजिकरण उपभोत्ता मञ्च नेपाल पर्बतका सदस्य शिव परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार ०१:०२