नेवि संघ फलेवास नगर कार्य समितिद्धारा पौष १६ गते  खुल्ला बतृत्वकला प्रतियोगिता हुँदै

पौष १३,पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिले ‘कोरोना भाइरस (कोभिड–१९) र शिक्षा क्षेत्रमा यसको प्रभाव’ विषयमा बृहत खुल्ला वतृत्वकता प्रतियोगिता आयोजना गरेको छ । पौष १६ गते बिहिवार ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।

जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँमा बिहान ११ बजेदेखी वतृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको नेपाल विद्यार्थी संघ फलेवास नगरपालिकाका सभापति सन्तोष पाठकलले जानकारी दिनुभयो । बिद्यार्थीहरुमा भएको ज्ञान र बौद्धिक क्षमतालाई आफुमा मात्र सिमित नराखी अझै दक्ष बनाउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पाठकले बताउनु भयो ।

कार्यक्रममा पर्वत र बागलुङका विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा पहिलो हुनेले नगद १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । सहभागि विद्यार्थीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको नेपाल विद्यार्थी संघका सचिव गोविन्द तिवारीले जानकारी दिनुभयो । उहाँका अनुशार एउटा विद्यालयवाट २ जना सहभागी हुन पाउनेछन् । विद्यार्थीले आफ्नो नाम दर्ता गर्दा आफ्नो परिचयपत्रको प्रतिलिपी अनिवार्य लिएर उपस्थित हुनुपर्ने छ ।

प्रकाशित मिति १३ पुष २०७७, सोमबार ०१:३०