फलेवासमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न, काँग्रेसले देशलाई गलत बाटोमा जान दिन्न : केन्द्रिय सदस्य जोशी

पौष १७, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा खुल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ४५ औँ एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समिति फलेवासले खुल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । “कोभिड–१९ र शिक्षा क्षेत्रमा यसले पारेको प्रभाव” बिषयमा भएको प्रतियोगितामा बागलुङ र पर्वतका गरी १९ जना विद्यार्थीहरुको सहभागिता जनाएका थिए ।

नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिका सभापति सन्तोष पाठकको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् स्थानिय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य जोशीले मुलुकमा फेरी राजनितिक खतराको संकेत देखा परेको बताउनु भयो । उहाँले जनताले चुनेर पठाएको सर्वभौमसंसद प्रदानमन्त्री केपी शर्मा ओलीले बिना कारण विघटन गरेर देशलाई अस्थिरता तर्फ धकालेकोमा दुःख व्यक्त गर्नुभयो । ‘देशको नेतृत्व सहि व्यक्ति र सहि पार्टीको हातमा गयो भने त्यसले सबैको भलो गर्ने रैछ तर नेतृत्व गलत मान्छेको हातमा पुग्यो भने देशमा अन्यौल र अस्थिरता आउँदो रैछ’,–नेता जोशीले भन्नुभयो । विद्यार्थीले लोकतन्त्र स्थापनाका लागि ६२÷६३ महत्वपूर्ण योगदान पु¥याएको भन्दै मुलुकको स्थायित्व, लोकतन्त्र, संविधानको रक्षा सँगै विद्याथीको हकहितका लागि विद्यार्थी पुन पटक सडकमा आउनुपर्र्ने परिस्थिती सिर्जना भएको बताउनु भयो । उहाँले मुलुक संकटमा पर्दा सँधै नेपाली काँग्रेसले निकास दिँदै आएको दावी गदै काँग्रेसले देशलाई गलत बाटो जान नदिने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरी, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, अर्की महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, अर्की जिल्ला सदस्य सरस्वती शर्मा ‘जिज्ञासू’, नेपाली काँग्रेस फलेवास नगर कार्य समितिका सभापति हिरामणि सापकोटा, नेपाल महिला संघ पर्वतकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडा अध्यक्ष कृष्णा लामिछाने, नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी, नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमखी क्याम्पसका सभापति शिशिर शर्मा पौडेल, नेपाल विद्यार्थी संघ हिमालय माविका ईकाई सभापति विवेक गिरी, नेपाल प्रेस युनियन पर्वतका सचिव साजन परियार, नेपाल तरुण दल फलेवास नगर कार्य समितिका उपाध्याक्ष सरोज खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

वक्तृत्वकलाको निर्णयक मण्डलमा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रवहादुर क्षेत्री, कुश्मा नगरपालिकका आईटी इन्जिनियर राजिव रिमाल र भवानी विद्यापिठ माविका शिक्षक भरत शर्मा लम्साल रहनुभएका थियो । प्रतियोगितामा नारायाण माविकी छात्रा निशा आचार्य प्रथम भएकी छन् । उनले प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ प्राप्त गरेकी छन् । दोस्रो राम माविका छात्र सुन्दर भुषाल भएका छन् । उनल प्रमाणपत्र सहित नगद ८ हजार रुपैयाँ रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो हुनेमा नमुना आवसिय माविका छात्र प्रशान्त गौडेल रहेका छन् । उनले प्रमाणपत्र सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा सहभागि सबैलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समिति उपाध्याक्ष अमृत थापा र कार्यक्रमको संचालन सचिव गोविन्द तिवारीले गर्नुभएको थियो ।

प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार १२:१९