गुप्तेश्वर वहुमुखी क्याम्पसका नवनिर्वाचित सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा पदास्थापन कार्यक्रम सम्पन्न

पौष १९, पर्वत । गुप्तेश्वर वहुमुखी क्याम्पस कुश्माको क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित सदस्यहरुलाई प्रमाण पत्र वितरण र उहाँहरुलाई पदास्थापन गराईएको छ । क्याम्पसमा आज आयोजित कार्यक्रममा १२ जना सदस्यहरुलाई पदास्थापन र प्रमाणपत्र प्रदान गरिएको हो ।

क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा हालै निर्वाचित भएका सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै संविधानसभाका सदस्य एवं क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष अर्जुनप्रसाद जोशीले क्याम्पसको गरिमा लाई उचाईमा पु¥याउन अनुरोध गर्नुभयो । गुप्तेश्वर क्याम्पसले गरिमामय बिरासत बोकेको चर्चा गर्दै जोशीले क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग प्राप्त हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले क्याम्पसको अवस्था, भौतिक पूर्वाधार र आफ्ना बालबालिकाको पढाईको बारेमा अभिभावक पनि चनाखो भएर लाग्नुपर्ने कुरा बताउनुभयो । सबैको चौतर्फी चासो र चिन्तन हुने हो भने यो क्याम्पसको गरिमा बढेर जाने जोशीले बताउनुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष लोकनाथ आचार्य, बलराम कर्माचार्य, लक्ष्मीकान्त आचार्य, नारायणप्रसाद जोशी, क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य पर्शुराम पुरी, बसन्तकुमार कर्माचार्य, केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत क्याम्पस प्रमुख सुवास पन्त र सञ्चालन सहायक क्याम्पस प्रमुख ओमकार गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार ०१:०३