मोती सामुदायिक पुस्ताकालयको अध्यक्षमा पुन : कृष्णराज पौडेल चयन

पौष १९, पर्वत । जिल्लाको सबैभन्दा पुरानो र ठुलो मानिने मोती सामुदायिक पुस्ताकालयको साधारण सभा सम्पन्न भएको छ । फलेवास नगरपालिका–५ खानीगाउँमा अवस्थित पुस्ताकालयको ११ औँ साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । शनिवार सम्पन्न भएको साधारण सभाले पुन ः कृष्णराज पौडेलको अध्यक्षतामा १३ कार्य समिति सदस्य चयन गरको हो । खानीगाउँ निवासी पौडेल भवानी विद्यापीठ माविका शिक्षक समेत हुनुुुहुन्छ । सामजिक क्षेत्रमा समेत क्रियाशिल रहनु भएका पौडेलले पुस्तकालको दिगो विकास र व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
साधारण सभाले उपाध्याक्षमा दुर्गा सुवेदी लम्साल, कोषाध्याक्षमा हरिप्रसाद शर्मालाई चयन गरेको छ । कार्य समिति सदस्यमा खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेल, गोविन्दप्रसाद सापकोटा, सुवास सापकोटा, भिमवहादुर लम्साल क्षेत्री, इन्दिरा तिवारी, लकास सुवेदी, नेत्र बराल, सरोज लम्साल र सन्देश लामिछाने चयन हुनुभएको छ । सदस्य सचिवमा इन्द्रप्रसाद सापकोटा चयन हुनुभएको पुस्ताकालयले जनाएको छ । पुस्तकालयको सल्लाहकार समितिमा भवानी विद्यापीठ माविका प्राचार्य अर्जुनकुमार रेग्मी, खिलप्रसाद शर्मा, रामचन्द्र पुरी, आत्मराम शर्मा र लोकेन्द्र पौडेल चयन हुनुभएको छ ।


साधारण सभाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले उद्घाटन गर्नभएको थियो । उ्घाटन शत्रमा बोल्दै लम्सालले पुस्तकालयको महत्व र समुदायले खेल्नुपर्ने भूमिकाका विषयमा बोल्नुभएको थियो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, खानीगाउँका वडाध्यक्ष दिपक शर्मा पौडेल, कथालय पब्लिकेशनका कार्यकारी अधिकृत तथा पुस्तकालय अभियन्ता राजीवधर जोशी, फलेबास नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद आचार्य, शारदा मा.वि विद्यालयका शिक्षक आत्मराम शर्मा लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ लाईब्रेरीयन इन्द्रप्रसाद सापकोटा र कार्यप्रगति तथा आर्थिक प्रतिवेदन समिति सचिव रामचन्द्र पुरीले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य गोविन्द प्रसाद सापकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार ०२:०२