‘अबको हाम्रो लडाई अन्तरघाती बिरुद्ध हुनेछ’

पार्टीको आधिकारीक उमेद्धार हराउन कम्युनिष्टहरु सँग साँठगाँठ गर्ने, पैसाको चलखेल गर्ने, कम्युनिष्टलाइ चुनावमा जिताइदिएको प्रतिफल स्वरुप उनीहरुसगै मिलेर पार्टीका इमान्दार कार्यकर्ताहरुलाइ बारम्बार असहयोग गर्ने, काँग्रेसको सभा समारोहमा तिनैले रवाफ दिन खोज्ने प्रवृत्तीले गाउँगाउँका सोझा तथा नैतिकवान कार्यकर्ताहरु संकटमा पर्नु स्वभाविक हो । पार्टीमा सुर्यमुखी काँग्रेसलाई अगाडि बढाउन सहयोग नगर्ने र इमानदार कार्यकर्ताहरुको मुल्यांकन नभएसम्म हामीले चाहेको गन्तब्य पहिल्याउन सक्दैनौ । सङ्गठनका गतिविधिमा क्रियाशिलताका साथ अगाडि बढाउने सन्दर्भमा अबको मेरो यात्रा अन्तरघात गरेर पार्टीलाइ तहसनहस बनाउनेका बिरुद्द हुनेछ ।
जय नेपाल !!

लेखक नेपाल विद्यार्थी संघ हिमालय माविका ईकाई सभापति हुन् ।

प्रकाशित मिति २० पुष २०७७, सोमबार ०३:२५