पर्वतका दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको बिशाल विरोधसभा सम्पन्न

पौष २६, पर्वत । नेपाली काँग्रेस पर्वतले जिल्लाका दुई ठाउँमा संसद विघटनको बिरुद्धमा बिरोध सभा गरेको छ ।
केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार प्रदेश क को सभा मोदी गाउँपालिकाको डिमुवा र प्रदेश ख को बिरोध सभा पैयुँ गाउँपालिकोको हुवासमा सम्पन्न भएको छ । हुवासमा फलेवास नगरपालिका, महाशिला, विहादी र पैयुँ गाउँपालिकाका नेता तथा कार्यकर्ता सहभागी भएर बिरोध सभा गरे भने डिमुवामा कुश्मा नगरपालिका, मोदी र जलजला गाउँपालिकाका नेता तथा कार्यकर्ताहरु सहभागी भई बिरोध र्‍याली सहित सभा गरेका छन् । सभामा बोल्ने नेताहरुले संविधान विपरित संसद विघटन गरिएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्रको घाँटी निमोठ्ने काम गरेको आरोप लगाए ।
हुवासमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले प्रमुख अतिथीको रुपमा बोल्दै देश अप्ठयारो मोडमा रहेकोले काँग्रेसले देशको समस्यालाई निकाश दिन र प्रधानमन्त्री र उनको दललाई देश प्रति वफादार बन्न खवरदारी गर्ने हेतुले विरोध सभा गरिएको बताउनुभयो । काँग्रेस सरकारमा जाने वारेमा चिन्तित नभई देशमा बढेको विकृति र विसंगती प्रति बढि चिन्तित रहेको जोशीले बताउनुभयो ।
सभामा प्रतिनिधीसभाका पूर्व साँसद लालकाजी गुरुङले देश र जनताका प्रति कम्युनिष्ठ सरकारले जनतालाई धोका दिएको आरोप लगाउनुभयो । रेल देखि पानीजहाज सम्मका सपना देखाएर सत्तामा पुगेको केपी ओली नेतृत्वको सरकारको असली स्वरुप अहिले देखिएको बताउनुभयो ।
कार्यक्रममा महासमिति सदस्य एवं पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, अर्की महासमिति सदस्य तथा राधा कुुुुुमारी क्षेत्री, पैयुँ गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङ, जिल्ला सदस्य शेरवहादुर सुनार, महिला विभागका केन्द्रिय सदस्य रेखा गुरुङ, जिल्ला सदस्य शिवप्रसाद सुबेदी, महाधिबेशन प्रतिनिधी मुना भुसाल, महाधिबेशन प्रतिनिधी सनम बेगम साहरा, फलेवास नगरसमितिका सभापती हिरामणी सापकोटा, बिहादी गाउँपालिकाका सभापती विष्णुप्रसाद भुसाल, पैयुँ गाउँपालिकाका सभापती डम्बरवहादुर प्रधान, जिल्ला सदस्यहरु गोबिन्द पराजुली, प्रविण गुरुङ, पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, दलित संघका जिल्ला अध्यक्ष याम परियार शिव, तरुणदलका अध्यक्ष तोरण मल्ल ठकुरी, नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति तोयानाथ भुसाल,पूर्व क्षेत्रीय सचिव अर्जुनवहादुर केसी, शिक्षक संघका अध्यक्ष केशवप्रसाद भण्डारी, नेविसंघका जिल्ला सदस्य किसान थापा, पैयुँ ७ का अध्यक्ष भीमप्रसाद गुरुङ लगायतले बोल्नुभएको थियो ।उक्त कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा ख का उपसभापति भिमवहादुर खड्काको उपसभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय सदस्य कृष्ण शर्मा र कार्यक्रमको संचालन धर्मराज भुषालले गर्नुभएको थियो ।
गायक विमलराज क्षेत्री र यूवराज भुसालले सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभयो । प्रदेश सभा ख का विरोधसभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरूद्धमा काँग्रेसले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उद्घोष गर्नुभएको छ । सभापति भुसालले काँग्रेसलाई सत्ता चाहिएर सडकमा नआएको जिकिर गर्दै जनताको संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका खातिर आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको वताउनु भएको थियो । उहाँले सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद विघटनको मुद्दाको फैसला जनताको सर्वोच्चताको पक्षमा आउनेमा नेपाली काँग्रेस विश्वस्त रहेको समेत जानकारी दिनुभएको थियो ।

यता डिमुवामा आयोजित विरोधसभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरूद्धमा काँग्रेसले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उद्घोष गर्नुभएको छ ।
सभापति भुसालले काँग्रेसलाई सत्ता चाहिएर सडकमा नआएको जिकिर गर्दै जनताको संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका खातिर आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको वताउनु भएको थियो । उहाँले सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद विघटनको मुद्दाको फैसला जनताको सर्वोच्चताको पक्षमा आउनेमा नेपाली काँग्रेस विश्वस्त रहेको समेत जानकारी दिनुभएको थियो ।
उपसभापति दुर्गाबहादुर खत्री, नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण० प्रदेशसभा सदस्य ललितकला गुरूङ कुश्मा नगरपालिकाका प्रमुख एव नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रामचन्द्र जोशी, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, नेपाली काँग्रेसका महासमिति सदस्य मिना केसी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसका नेता राम शर्मा पौडेल, नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य डाक्टर चूडामणि शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रामबहादुर प्रसाई, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा जिज्ञासु, नेपाली कांग्रेस क्षेत्र नं १ पर्वतका पूर्व क्षेत्रीय सभापति बलभद्र शर्मा, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी, नेपाली काँग्रेस मोदी गाउँपालिकाका संयोजक जीवनाथ शर्मा, नेपाल महिला संघका आमन्त्रित केन्द्रीय सदस्य जोगमाया प्रसाई, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल महिला संघ पर्वतका कार्यवहाक अध्यक्ष मुना शर्मा लामिछाने, मोदी गाउँपालिकाका काँग्रेस नेता दीपेन्द्रजंग लामिछाने, नेपाल दलित संघका नेता जीतबहादुर नेपाली, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, नेपाल विद्यार्थी संघ मोदीका सभापति नविन पौडेल लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति पर्वत (क) का उपसभापति टीकाराम सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन क्षेत्रीय सचिव कमल अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय कार्यसमितिका सचिव कृष्णप्रसाद लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई धन्यवाद मन्तव्य क्षेत्रीय कार्यसमितिका सहसचिव जीतबहादुर मगर पुनले व्यक्त गर्नुभएको थियो । विरोध जुलुशमा हजारौं काँग्रेस कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
मोदीमा आयोजित कार्यक्रममा नेकपा परित्याग गरी स्थानीय महिला नेतृ दीपा खड्का पौडेल लगायतका २० जना व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार १२:१५