पर्वतको नाङलीवाङ स्वास्थ्य चौकीलाई डेढ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग

पुस २७, २०७७ पर्वत । पर्वतको जलजलाा गाउँपालिका वडा नं. ९ नाङलीवाङमा रहेको स्वास्थ्य चौकीलाई एक लाख ५० हजार रुपैया बराबरका स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।कोभिड १९ रोकथामका लागि नाग्लीवाङ स्वास्थ्य चौकीका उपाध्यक्ष तथा नेपाली कांग्रेस जलजला वडा न. ८ का सभापति रामप्रसाद क्षेत्री को पहलमा पुर्व भारतिय सैनिक साबिक नाग्लीवाङ गा. वि. स. वडा न ५ हाल काठमाण्डौमा बस्दै आउनुभएका ज्ञान बहादुर केसीले उक्त सामाग्री सहयोग गर्नुभएको हो । जलजला गाउँपालिका वडा नं. ९ का अध्यक्ष हरिबिकास जिसीका अनुसार केसीले वडाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक लाख पचास हजार मुल्य बराबरका स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।जिसीका अनुसार २ हजार ५ सय थान सर्जिकल मास्क, ५ सय थान एन ९५ मास्क, १० थान सेनिटाईजर, ५ थान अक्सीजन नाप्ने अक्सीमिटर, ५ थान ज्वरो नाप्ने थर्मलगन र १ हजार थान सर्जिकल पन्जा सहयोग गर्नुभएको हो । संगीता क्षत्री

प्रकाशित मिति २७ पुष २०७७, सोमबार ०६:५६