सुनचाँदी व्यवसाय महासंघको केन्द्रिय उपाध्याक्षमा निर्मल विश्वकर्मा

पौष २८, पर्वत । सुनचाँदी व्यवसाय महासंघको केन्द्रिय उपाध्याक्ष पदमा निर्मल विश्वकर्मा चयन हुनुभएको छ । पर्वतका सफल व्यवसायी मानिने विश्वकर्मा व्यवसाय सँगै सामजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

पर्वत जेसिजका पूर्व अध्यक्ष समेत रहेका निर्मल विश्वकर्मा बालमन्त्री प्राविका निर्वतनमान अध्यक्ष हुन् । उनी व्यवसाय सँगै जिल्लाका दर्जन भन्दा बढि संस्थामा आवद्ध हुनुहुन्छ । सरल र इमान्दार मानिने विश्वकर्मा राजनितिमा पनि निकै सक्रिय हुनुहुन्छ । त्यस्तै सुनचाँदी व्यवसाय महासंघको अध्यक्षमा माणिकरत्न शाक्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अध्यक्षमा शाक्य निर्वाचित हुनुभएको हो ।

आइतबार काठमाडौंमा सम्पन्न साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइलीलाई निर्वाचित गरेको छ भने उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेशरत्न शाक्य, र विपिन रामुदामु निर्वाचित हुनुभएको छ । एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित हुनुभयो भने महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा चुनिनुभएको छ । त्यस्तै गरि प्रवक्तामा मनोजकुमार शाह, सह–कोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभयो।

महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्था भए अनुरुप यी सवै पदमा निर्विरोध पदाधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ । साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रस्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गाबहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् ।

यस्तै प्रस्तावित सचिवमा केशबहादुर सुनार तथा सह कोषाध्यक्षमा रमेश रसाइली रहेका छन् । विधान संशोधन पछि महासंघमा ७७ जनाको कार्यसमिति रहने छ ।

प्रकाशित मिति २८ पुष २०७७, मंगलवार ०७:१२