कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न सर्वोच्चको निर्देशनात्मकआदेश

पौष २९, काठमाडौँ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने बाटो खुला गरिदिएको छ । मगलवार न्यायाधीश तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्न निर्देशनात्मक आदेश दिएको हो ।

शैक्षिकसत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वय नगर्ने किनगर्ने भनीदर्ताभएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको सरोकारवालाको चिन्ता थियो । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरूले नयाँवा पुरानो कुन पाठ्यक्रमकार्यान्वयनगर्ने भन्ने बारेमा अदालतले चाँडै निर्णय दिनुपर्ने बताउँदै आएका थिए ।

पाठ्यक्रम विकास तथामूल्याङ्कन परिषद्ले विद्यालयतहको नयाँ पाठ्यक्रमप्रारुप स्वीकृत गरेपछि देशभरकाअधिकांस शिक्षण संस्थामा त्यही अनुसार पठनपाठन भइरहेको छ । चालु शैक्षिक सत्रमा कक्षा १ र ११ म ा लागुभइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो । असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीयतहको एकल सूचीतथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबीगर्दै निवेदन दर्ता भएको थियो ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार ००:४१