बेल्जियमको लुभेन नगरपालिका सदस्यमा जलजला पर्वतका कृष्ण क्षेत्री चयन, अन्तराष्ट्रिय पर्वत समाजद्धारा बधाई ज्ञापन

पौष २९, पर्वत । मध्य युरोपियन देश बेल्जियमको स्थानीय लुभेन नगर परिषदको सदस्यमा पर्वत जलजला गाउँपालिकाका कृष्ण क्षेत्री चयन हुनुभएको छ । बिगतमा नेपालीहरु संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा चुनाव लडे पनि हालसम्म निर्बाचित हुन सकेका थिएनन । तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व गर्ने अबसर पाउने पहिलो नेपाली कृष्ण क्षेत्री हुनुहुन्छ ।

क्षेत्री दस बर्ष नेदरल्यान्डमा बसेर बसाई सराई गरि बिगत छ बर्ष देखि बेल्जियमको लुभेन नगरपालिकामा बस्दै आउनुभएको छ । नेपालमा आईए सम्मको औपचारिक शिक्षा लिएका क्षेत्री फ्ल्यान्डरेन क्षेत्रमा बोलिने डच भाषामा राम्रो दख्खल राख्ने क्षेत्री श्रीमती सगुन केसी , छोरा अभियान र छोरी आर्याना सहित चार जनाको परिवार बेल्जियममा बस्ै आउनुभएको छ । उहाँ रेस्तुरेन्ट ब्यबसायी हुनुहुन्छ ।
दुई बर्ष अघि भएको स्थानीय निर्वाचनमा बेल्जियमको राष्ट्रबादी पार्टी एनभीआबाट चुनाव लडेका क्षेत्री पार्टीको उम्मेद्वार सुचीमा सातौ नम्बरमा हुनुहुन्थ्यो । एनभेआले ४७ सदस्यीय नगरपालिका परिषदमा ११ सिट जितेको थियो । पार्टीले ११ सिट जिते पनि उम्मेद्वार सूचिको सातौ नम्बरमा रहेका क्षेत्री समानुपातिक चयन प्रकृयामा बैकल्पिक १ नम्बरमा पर्नुभएको थियो । सोसलिस्ट पार्टीहरुको गठबन्धन सरकार रहेको लुभेन नगरपालिकामा एनभेआ प्रमुख प्रतिपक्षीको भूमिकामा छ । उहाँको पार्टीबाट चुनाव जितेकी तिने एरलिङेनले पद छोडे पछि सातौ नम्बरमा रहेका क्षेत्री स्वतः नगरपालिका सदस्य हुनुभएको हो । आगामी २५ जनवरीमा सपथग्रहण पश्चात औपचारिक रुपमा उनले पदभार ग्रहण गदै हुनुहुन्छ ।
युरोपको प्रसिद्ध क्याथोलिक विश्वाबिद्यालय रहेको लुभेन संसारभरका विद्यार्थीहरुको आकर्षणको केन्द्र हो । करिब २ हजार नेपाली समुदायको बसोबास रहेको ज्ञान, बिज्ञान र कलाको क्षेत्रमा युरोपको केन्द्र मानिने यो शहरमा नेपालीहरुको सामाजिक व्यबहार प्रशंसनीय रहेको स्थानीयबासीले बताउने गरेका छन ।
आफु होरेका ( होटेल रेस्तुरेन्ट र काफे ) ब्यबसायी भएको र साना ब्यबसायीहरुको मर्का बुझेकोले नगरपालिकाको नीति निर्माण तहमा बसेर कोरोनाकाल पछिको अर्थतन्त्रमा साना ब्यबसायीको हितमा हुने गरी काम गर्ने उहाँको चाहना छ । आप्रबासीहरु प्रति सधैं सकारात्मक रहेको बेल्जियमको उक्त नगरपालिका र नेपाली समुदायको अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन आफ्नो कार्यकालमा परिणाममुखी भूमिका निभाउने पनि उहाँको मुख्य लक्ष्य रहेको छ ।
अन्तराष्ट्रिय पर्वत समाजद्धारा बधाई ज्ञापन
पर्वत जलजलाका कृष्ण क्षेत्री बेल्जियमको स्थानीय लुभेन नगर परिषदको सदस्यमा चयन हुनुभएकोमा प्रवासी पर्वतेलीहरुले खुशी व्यक्त गरेका छन् । तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व गर्ने अबसर पाउने पहिलो नेपाली कृष्ण क्षेत्री हुनुहुन्छ । बिगतमा नेपालीहरु संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा चुनाव लडे पनि हालसम्म निर्बाचित हुन सकेका थिएनन । कृष्ण नगर परिषद्को सदस्यमा चयन भएसँगै पर्वतेली प्रवासी नेपालीहरुले सामजिक संजाल मार्फत खुशी हुँदै शुभकामना व्यक्त गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजले क्षेत्री बेल्जियमको स्थानीय लुभेन नगर परिषदको सदस्यमा चयन भएकोमा खुशी व्यक्त गदै शुभकामना व्यक्त गरेको छ । अध्यक्ष पुरन गिरी सहित बरिष्ठ उपाध्याक्ष झलक केसी महासचिव गुणराज पौडेल (गुँराश) लगयातले शुभकामना व्यक्त गदै क्षेत्री नगर परिषदको सदस्यमा चयन भएसँगै पर्वत जिल्लाको गरिमा र पहिचान ठुलो टेवा पुगेको उनीहरुको भनाई छ । त्यस्तै पर्वत समाज बेल्जियमले पनि क्षेत्रीको चयनमा खुशी व्यक्त गदै शुभकामना प्रदान गरेको छ । समाजका अध्यक्ष भिम जोशी ‘रोशन’ले सामजिक संजाल फेसबुक मार्फत शुभकामना व्यक्त गदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । यता पर्वत समाज नेदरल्याण्डसका अध्यक्ष नर रोकाले पनि कृष्ण क्षेत्री बेल्जियमको स्थानीय लुभेन नगर परिषदको सदस्यमा चयन भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार ०९:३१