नेकपा विभाजन भएसँगै नेकपाका ५२ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश (भिडियो सहित हेर्नुहोस्)

माघ २, पर्वत । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको चरणमा पुगेसँगै पर्वतमा नेकपा परित्याग गर्नेहरुको संख्या बढेको छ । नेकपा विभाजन भएसँगै पर्वतमा एक हप्ताको अवधिमा ५२ जना जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

पौष २५ गते भएको संसद विघटनको विरुद्धमा पर्वतको मोदी गाउँपालिकाको डिमुवामा भएको कार्यक्रममा तिहाहर लगायतका २५ जना भन्दा बढि युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुषाल लगायतले सदस्यता प्रदान गर्नुभएको थियो । त्यस्तै पौष २५ गते हुवासमा भएको कार्यक्रममा १६ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन्रसाद जोशीले स्वागत गनुभएको थियो ।

नेकपा परित्याग गर्नेहरुमा बढि ओली समूहका छन् । त्यस्तै बिहिवार सहिद हरिदत्त स्मृति प्रतिष्ठानले फलेवास नगरपालिका–३ शंरपोखरीमा आयोजना गरेको स्मृति सभामा ११ जना युवा नेकपामा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा फलेवास नगरपालिका–१ कार्कीनेटाका पूर्व एमालेका गाउँ कमिटीका उपाध्याक्ष डम्वरवहादुर पौडेल लगायतका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्यपति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा र नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टी फुलमालाले स्वागत गर्नुभएको थियो ।

https://www.facebook.com/watch/live/?v=859694748183428&ref=watch_permalink

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार ०४:४१