भष्ट्राचारमा लिप्त भएका कम्युनिष्टहरु भागबण्डा नमिलेपछि टुक्रिए : महिला नेत्री राधाकुमारी कुवँर क्षेत्री

माघ ८, पर्वत । पर्वत । केपी ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कमद विरुद्ध नेपाली काँग्रेसले आयोजना गरेको वडा स्तरिय विरोध प्रर्दशनका क्रममा फलेवास नगरपालिका–८ ठानामौलाको कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् सुचना तथा प्रचार समन्वय विभागका केन्द्रिय सदस्य राधाकुमारी कुवँर क्षेत्रीले नेपाली काँग्रेस कम्युनिष्टहरुले चलाएको सर्बसत्तावादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गदै केपी ओलीको असंबैधानिक कदमले खतरामा पारेको संविधान र लोकतन्त्रको रक्षाको लागि सडकमा आएको बताउनु भयो ।

लामो समयको पखाईपछि नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधान खतरामा परेकाले यसको रक्षाका लागि सबैलाई एक जुट हुन आग्रह पनि गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी क्षेत्रीले भष्ट्राचारमा लिप्त भएका कम्युनिष्टहरु भागबण्डा नमिलेपछि टुक्रिने अवस्थापमा पुगेको दावी गर्नुभयो । उहाँले कसैको स्वास्र्थका कारण नेपाली जनताको त्याग र बलिदानवाट प्राप्त संविधानलाई खतरामा पार्न नसकिने बताउनु भयो । उहाँले कम्युनिष्टहरुको असली चरित्र उदाङगी सकेको दावी गदै अव कम्युनिष्टहरुको आश्वासनमा पर्न नहुँने जकिर गर्नुभयो ।

उक्त कार्यक्रममा नेकपा परित्याग गरि तत्कालिन निर्वाचित वडा अध्यक्ष एवम् हाल नेकपा ठानामौलाका गाउँ कमिटि सदस्य रत्नवहादुर गुरुङ सँगै सुर्यमान गुरुङ,मनवहादुर कुवँर,सुर्यमान गुरुङ, रमेश नेपाली, रविलाल नेपाली, गुप्त नेपाली, मिनवहादुर नेपाली, सावित्री सापकोटा, दुर्गा देवी कुवँर र सारदा कुवँर लगायतका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई महासमिति सदस्य क्षेत्रीले पार्टी सदस्यता प्रदान गदै माला र अविरले स्वागत गर्नुभएको थियो । नेपाली काँग्रेस ठानामौलाका सभापति हेमराज कुवँरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस ठानामौलाका सचिव शालिग्राम कुवँरले गर्नुभएको थियो ।

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार १४:२२