कम्युनिष्टहरु झुटको खेतिमा माहिर : केन्द्रिय सदस्य जोशी

माघ ८, पर्वत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुन प्रसाद जोशिले कम्युनिष्टहरु झुटको खेति गर्न एकदमै माहिर रहेको बताउनु भएको छ । कम्युनिस्ट सरकारले जनता झुक्याउने बाहेक अन्य उपब्धिमूलक कामै गर्न नसकेको उहाँको तर्क छ ।। जलजला गाउँपालिका ७ धाइरिङमा नेपाली काँग्रेसले आयोजना गरेको बिरोध प्रर्दशनी कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता जोशीले यो सरकार मार्फत भएका अधिकांश काम नागरिक हित विपरीत रहेको भन्दै यसको खरो बिरोधमा लाग्न आम कार्यकतालाई अनुरोध गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी तथा नेपाली काँग्रेस राज्य प्रसासन समितिका केन्द्रय सदस्य राजेन्द्रप्रसाद तिवारीले वर्तमान ओली सरकारका कुकामको कटाक्ष गर्नुभयो । उहाँले कांग्रेस नै मुलुकको अभिभावक रहेको भन्दै कम्युनिस्ट पतनको दिशा तर्फ हिडिसकेकाले लोकतन्त्रको रक्ष गर्न अब मात्रै सजिलो हुने बताउनुभयो ।

नेपाल कांग्रेस धाइरिङका पार्टी सभापति राजु आचार्यको सभापतित्वमा बिरोध कार्यक्रम समपन्न भएको थियो । कार्यक्रममा जलजलामा गाउँपालिका कार्यसमिति सदस्य माया रिजाल,तरुण दल धाइरिङका उपाध्यक्ष मनोहर,आचार्य,पुर्व सभापति डण्डपाणी रिजाल,नेपाली काँग्रेस क्षेत्रिय सदस्य इन्द्र प्रसाद आचार्य,नेपाली काँग्रेस महिला सघ क्षेत्रीय प्रतिनिधि लक्ष्मी मल्ल लगायतले बोलेका थिए । सो,अवसरमा नेकपा पार्टी परित्याग गर्दै ४० जना नेपाली काँग्रेसमा क्रियाशिल सदस्यता पत्र लिई पार्टी प्रवेश गरेका थिए । जिल्लाकै विकटमा पर्ने उक्त वडामा नेपाली काँग्रेसको विशाल सभा सम्पन्न भएको थियो ।

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार १४:४६