मल्लाजमा नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश, महासमिति सदस्य तिवारीले गरे स्वागत

माघ ८, पर्वत । नेकपा विघटनको संघारमा पुगेसँगै नेकपा कार्यकर्ता धमाधम नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् । केपी ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कमद विरुद्ध नेपाली काँग्रेसले आयोजना गरेको वडा स्तरिय विरोध प्रर्दशनका क्रममा जलजला गाउँपालिका–४ मल्लाजमा नेकपा परित्याग गरि ८ जना नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा दिपक नेपाली, हरि नेपाली हिरा जिसी, गोपाल नेपाली, प्रेमसिँह दर्जी, सर्वे दर्जी, बलविर दर्जी दोयवहादुर नेपाली लगायत ८ जना रहेका छन् ।

नेकपा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले सदस्यता प्रदान गदै खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो । सभालाई सम्बोधन गदै महासमिति सदस्य तिवारीले कम्युनिष्टहरुले देशलाई अन्धकार तर्फ धकालेको बताउनु भयो । नेपाली जनताको आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्नुको सट्टा संघीय संसद नै विघटन गरेर संविधान संघीयताको नै हत्या गरेको आरोप लगाउनु भयो । कम्युनिष्टहरुको तानाशाही व्यवहारले देशलाई दुर्घटनाको अवस्थामा पु¥याएको भन्दै मुलुकलाई बचाउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो । दुई तिहाई मत प्राप्त सरकारले जनमत गुमाईसकेको दावी गदै अब जनतासँग गएर मत माग्ने नैतिकता कम्युनिष्ट नभएको जिकिर गर्नुभयो ।

नवप्रवेशीहरुलाई लक्षित गदै नेता तिवारीले नेपाली काँग्रेसले सबै जातजाती प्रति सम्मान व्यवहार गदै आएको बताउँदै निमुखा र गरिव वर्गको उत्थानका लागि काँग्रेसले लड्दै आएको बताउनु भयो । कार्यक्रममा जलजला गाउँपालिका–४ मल्लाज भिष्म मल्लले केपी ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कमद विरुद्ध काँग्रेस सडकवाट आन्दोलन गरेको बताउनु भयो ।

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार १४:५८