कार्कीनेटामा विरोभ सभा कार्यक्रम, व्यक्तिगत स्वार्थले संविधान संकटमा प¥यो – शिव सुवेदी

पर्वत । फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा विरोध सभा विहिवार सम्पन्न भएको छ ।
केपी ओलीको असंवैधानिक एवम् प्रतिनिधि सभाको विघटन विरुद्धमा नेपाली काङ्ग्रेसको कार्कीनेटा वडाको आयोजनामा कार्यक्रम गरिएको थियो ।

यातायात विभाग केन्द्रिय सदस्य शिव सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उनले केपी ओली सरकारले झुटा अभिव्यक्तिले जनतालाई झुक्काएर चुनाव जितेको र जनताले स्थायी सरकार वनाइदिँदा पनि आफ्ना व्यक्तिगत लोभको सिकार भएर जनताले दुख गरि ल्याएको संविधान धरापमा पार्न लागेको आरोप लगाए ।
कोरोनाको महामारीमा स्वास्थ्य उपकरणमा गरिएको उपचारको घोर निन्दा गरेका थिए ।
ट्रेड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठले संसद विघटनले नेपाली जनताको भावना माथि प्रहार भएको र अव नेपाली काङ्ग्रेस पार्टी सभापति देउवाले एतिहासिक कदम चालि इतिहास रच्ने समय आएको बताए ।

दलित संघ पर्वतका अध्यक्ष शिव परियारले १७ हजार शहिदको आस्था र भरोसालाई कुठाराघात गरी केपी सरकारले भ्रष्टाचारीलाई अंकमाल गरेको आरोप लगाए ।
कार्कीनेटा पोखरा सम्पर्क समाजका कोषाध्यक्ष विनोद पौडेलले केपी ओलीले अव राणाशासन ल्याउन खोजेको बताए ।
पर्वत पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष गणेश शर्माले कांग्रेसले प्रमुख प्रतिपक्ष भएर पनि ५ वर्ष काम गरोस् भनेर छोडेको भएपनि नेपाली जनताको हित विपरित काम गरेको हुँदा समय समयमा सचेत गराउँदा समेत अहिलेको सरकार अपाङ्ग भई कान नसुन्ने भएकोले अव हरके क्षेत्रबाट दवावको आवश्यक भएको बताए ।
नेपाली कांग्रेसको तर्फबाट फ.न.पा. वडा नं. १ कार्कीनेटाका अध्यक्षका प्रत्यासी उम्मेद्वार एक नारायण शर्मा, चोलाकान्त शर्मा, नेपाली कांग्रेसका नव प्रवेशी दण्ड पाणी पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने नेपाली कांग्रेसका क्रियाशिल सदस्य शंकर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
फलेवास नगरपालिकाका वडा नं। १ कार्कीनेटाका उपसभापति तुलसी पाध्याको अध्यक्षतामा भएको कार्यक्रममा सचिव चित्र प्रसाद शर्माले कार्यक्रमको संचालन गरेका थिए । नेपाली कांग्रेसमा नव प्रवेश गर्ने सदस्यहरुलाई खादा र अविर लगाई कार्यक्रमका प्रमुख अतिथिले स्वागत गरेका थिए ।

प्रकाशित मिति ९ माघ २०७७, शुक्रबार ०२:०६