नेकपालाई ठुलो धक्का : बाजुङमा ठुलो संख्यामा नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश

माघ ९ पर्वत । नेपाली काँग्रेस मोदी गाउँपालिका–५ बाजुङले आयोजना गरेको प्रतिनिधीसभा विघटन विरुद्धको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि २१ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाले निर्वाचनको समयमा ठुलाठुला सपना बाँडेको तर देश विकास गर्ने समयमा आ–आफै झगडा गरेर मुलुकलाई अन्धकार तर्फ धकालेको भन्दै उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाको पार्टी, विचारधारा तथा कार्यशैलीको विरोध गर्दै उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशगर्नेहरुमा यामवहादुर दर्जी, जगदिश दर्जी, राजु परिया, मीनवहादुर मल्ल्, बिनोद सार्की, हरि कुवँर, ओमवहादुर सेन, मिलन क्षेत्री, बलवहादुर हमाल, धर्मराज पुरी, चित्रवहादुर सार्की, जीतवहादुर सार्की, जयकृष्णा न्यौपाने, सुर्य नेपाली, राजु सार्की, कल्पना सार्की, जमुना केसी, चन्द्रवहादुर विश्वकर्मा, हरिप्रसाद नेपाली, कृष्णवहादुर पौडेल लगायतका नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाल महिला संघ पर्वतकी अध्यक्ष मुना शर्मा लामिछानेले पार्टी सदस्यता प्रदान गदै स्वागत गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गदै नेपाल महिला संघ पर्वतकी अध्यक्ष लामिछानेले प्राधानमन्त्री केपी ओली शर्माको सर्बसत्तावाद निरंकुश प्रबृतिले मुलुक फेरी गम्भीर मोडमा पुगेको बताउनु भयो । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी लामिछानेले नेपाली जनताको सात दशकको उपलव्धी माथि प्रहार भएको भन्दै नेपाली जनता अव चुप लागेर बस्न नहुने उहाँको भनाई छ । नेपाली काँग्रेस जनताको सच्चा पार्टी भएको बताउँदै कम्युनिष्टहरुको भर नपर्न नवप्रवेशीहरुलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस मोदी गाउँपालिका–५ बाजुङका सभापति मानवहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल तरुण दलका नेता लोकेन्द्र वहादुर अधिकारी, नेपाल महिला संघकी टिकाकुमारी मल्ल र सन्दिप कुवँर लगायतले आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य हेमराज कुवँरले गर्नुभएको थियो ।

प्रकाशित मिति ९ माघ २०७७, शुक्रबार ०४:३६