केन्द्रिय सदस्य जोशीले भन्नुभयो : ‘वडास्तरिय विरोध सभा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न  भयो, सबैलाई धन्यवाद

माघ १०, पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् स्थानिय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले नेपाल कम्युनिष्ट पार्टीको केपी ओली शर्माले गरेको प्रतिनिधी सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध पर्वतका ६१ वडामा शान्तिपूर्ण र उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न भएकोमा जिल्लावासीलाई धन्यवाद दिनुभएको छ ।

केन्द्रिय सदस्य जोशीले बिहिवार सामजिक संजाल मार्फत केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र स्वेच्छाचारी कदम कदम तथा निरंकुशता, सर्वसत्ताबाद, भष्ट्राचार, अनियमिता, हिंसा बलत्काको विरोध विरोध कार्यक्रम पूर्ण सफल बनाउन सहभागि सम्पूर्ण जनतामा हार्दिक आभार र बधाई ज्ञापन गर्दछु ।

वडा स्तरिय विरोध सभामा जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ पुग्नुभएका जोशीले कम्युनिष्टहरु झुटको खेति गर्न एकदमै माहिर रहेको बताउनु भएको थियो । कम्युनिस्ट सरकारले जनता झुक्याउने बाहेक अन्य उपलव्धीमूलक काम गर्न नसकेको उहाँको तर्क छ । नेता जोशीले यो सरकार मार्फत भएका अधिकांश काम नागरिक हित विपरीत रहेको भन्दै यसको खरो बिरोधमा लाग्न आम कार्यकतालाई अनुरोध गर्नुभएको छ ।साथै विभिन्न वडावाट प्रवेश भएको नवप्रवेशी कार्यकर्तालाई लक्षित गदै नेता जोशीले पार्टीको उन्नति प्रगतिको लागि कटीबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

यता नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले भने वडास्तरिय विरोध प्रदर्शनको विषयमा बैठक राखेर समिक्षा गर्ने जनाएको छ ।

प्रकाशित मिति १० माघ २०७७, शनिबार ०१:५७