बहुचर्चित गायक बिमलराज क्षेत्रीको ‘जाम हिँड धनगडी’ सार्वजानिक (भिडियो सहित)

माघ १०, पर्वत । लामो समयदेखी लोकगित संगितमा एकछत्र राज गरेका बहुचर्चित लोकगायक बिमलराज क्षेत्रीको मौलिक लोकदोहोरी एल्बम बजारमा आएको छ । लोकप्रिय गायक क्षेत्रीको बहुप्रतिक्षित गित ‘जाम हिँड धनगडी’ सार्वजानिक भएको हो । बुधवार रिलिज भएको गितलाई निकै चासो र चर्चाको रुपमा हेरिएको छ । विभिन्न ठाउँका कथावस्तुलाई जोडेर गित गाउन सिपालु क्षेत्रीको लामो समयको अन्तरालपछि जाम हिँड धनगडि गित सार्वजानिक भएको हो । क्षेत्रीले यो गित कलाकार चेतवहादुर सिँह ‘राजा’ सँगको सहकार्यमा बजारमा ल्याएका हुन् । गित सार्वजानिक भएको छोटो समयमा चर्चा बटुलेको पाइन्छ ।

गायक बिमलराज क्षेत्रीको जादुमय स्वरमा सजिएको गितमा उनकै धर्मपत्नी टिकाकुमारी क्षेत्रीले साथ दिएकी छन् । गितमा शव्द÷संगित बिमलकै रहेको छ । यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् । दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको हो । गीतलाई बिमल चौतारी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गितको म्युजिक भिडियो निकै राम्रो बनेको निर्माण पक्षले जनाएको छ । गीतको म्युजिक भिडियोमा चेतबहादुर सिंह (राजा), आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेलको दमदार अभिनय हेर्न पाईन्छ ।

गित सार्वजानिक भएसँगै गण्डकी संचार अनलाईन सँग कुराकानी गदै गायक बिमलराज क्षेत्रीले जाम हिँड धनगडी गितवाट धेरै आसावादी रहेको बताए । ‘मैले जिवनमा धेरै गित गाएँ, उत्तिक गितमा संगित भरे तर, अन्य भन्दा यो गित धेरै फरक छ्, उनले भने,।’ यसअघि निकै चर्चित गित बजारमा ल्याएका गायक क्षेत्रीले यो गितले फेरी आफुलाई चर्चामा ल्याउने दावी गर्छन । गायक क्षेत्रीले गित राम्रो बनेको प्रतिक्रिया दिँदै एक पटक हेर्न र सुनिदिन अपिल गरे । दर्शक श्रोताले आफुलाई सँधै माया गरेको बताउँदै यस पटक पनि माया गर्ने उनको भनाई छ ।

प्रकाशित मिति १० माघ २०७७, शनिबार ०४:१९