छोरी पढाउ अभियान अन्तर्गत १९ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

माघ १३, पर्वत । छोरी पढाउ अभियान अन्तर्गत कुश्मा नगरपालिकाका भित्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नगरपालिका भित्र पर्ने सामुदायिक विद्यालयका १९ जना बालबालिकालाई झोला, कपी, कलम, पानीखाने बोत्तल लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । कुश्मा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख रामचन्द्र जोशीले शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै जोशीले नगरभित्रका कुनै पनि बालबालिकालाई आर्थिक अभावका कारण पढाईमा समस्या नहुने बताउनु भयो । जोशीले बालबालिकाको पढाईमा छोरी पढाउँ अभियानले गरेको सहयोग पं्रससनिय रहेको बताउनुभयो । बालबालिका र त्यसमा पनि छोरीलाई पढाउने विषयले आफु भावुक भएको जोशीले बताउनुभयो । उहाँले आफुले राज्यले दिने सेवा पनि बालबालिकाको पढाईमा लगानी गर्दै आएको भन्दै नगरप्रमुख जोशीले सबै साझेदार निकायले बालबालिकाको अध्ययनमा लगानी गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा सामाजिक अभियान्ता सरस्वती शर्मा जिज्ञासूले शैक्षिक सामाग्रीले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने बताउनु भयो । छोरी पढाउ अभियानका अभियान्ता प्रेम विश्वकर्माले बालबालिकालाई पठनपाठनका लागि विद्यालय आउँदा कपि, कलम नभएर समस्या परेका बालबालिकाको कठिनाईलाई महसुस गरेर आर्थिक अवस्था कमजोर भएका बालबालिकाको अवस्थाप्रति संवेदनशील हुँदै शैक्षिक सामग्री वितरण गरेको बताउनु भयो ।

छोरी पढाउ अभियान अन्तर्गत पर्वतका जिल्लाका सात वटै स्थानिय तहका गरिव तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न लागेको सामजिक अभियान्त विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति १३ माघ २०७७, मंगलवार ०१:४०