फलेवासका विभिन्न वडामा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत । पर्वत जिल्ला फलेवास नगरपालिकाका तिन वटा वडामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नगरपालिका–४ मुडिकुवामा धनुदेवी गौडेलको १० औँ दिनमा पुण्य तिथीमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् स्थानिय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य एवम् यातयात विभागका केन्द्रिय सदस्य शिव सुवेदी, नेपाली काँग्रेस पर्वतकी जिल्ला सदस्य सरस्वती शर्मा ‘जिज्ञासू’, नेपाली काँग्रेस मुडिकुवाका नेता सागर गौडेल र लक्ष्मी शर्मा गौडेल, रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सदस्य धनेश्वर रेग्मी लगायतका नेताहरु घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।


यता फलेवास नगरपालिका–६ देविस्थान निवासी, राप्रपा नेपालका केन्द्रिय सदस्य एवम् समाजसेवी ठाकुरप्रसाद भुषालकी स्वर्गिय आमा यज्ञश्वरी भुषालको ८४ बर्षको उमेरमा भएको निधनप्रति नेपाली काँग्रेसले द्ुःख व्यक्त गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् स्थानिय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य एवम् यातयात विभागका केन्द्रिय सदस्य शिव सुवेदी, नेपाली काँग्रेस पर्वतकी जिल्ला सदस्य सरस्वती शर्मा ‘जिज्ञासू’,नेपाली काँग्रेस फलेवास नगर कार्य समितिका सभापति हिरामणि सापकोटा र शिक्षाविद् एवम् समाजसेवी चेतनाथ कुवँर, प्रेस युनियन पर्वतका सचिव साजन परियार लगायतको टोलीले भुषालको घरमा पुगेर श्रद्धाजली अर्पण गरेका थिए ।


त्यस्तै नेपाली काँग्रेस फलेवास नगरपालिका–५ खानीगाउँ वडा कार्य समितिका कोषाध्याक्ष तोरण शर्मा र नेपाली काँग्रेसका क्रियाशिल सदस्य सुमन शर्माका पुज्जनिय बुवा फुलप्रसाद उपाध्यायको ७२ बर्षको उमेरमा भएको असामयिक निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस वडा कार्य समिति खानीगाउँले शुक्रवार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गिय फुलप्रसाद उपाध्यायको निधनले सिंगो पार्टीलाई अपूर्ण क्षति पुगेको बताउनु भयो । नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य एवम् यातयात विभागका केन्द्रिय सदस्य शिव सुवेदी, नेपाली काँग्रेस पर्वतकी जिल्ला सदस्य सरस्वती शर्मा ‘जिज्ञासू’, नेपाली काँग्रेस फलेवास नगर कार्य समितिका सभापति हिरामणि सापकोटा, नेपाली काँग्रेस प्रदेश सभा ख का क्षेत्रिय सदस्य दुर्गादत्त तिवारी, प्रेस युनियन पर्वतका सचिव साजन परियार, नेपाली काँग्रेस खानीगाउँका उपसभापति शिवेन्द्र शर्मा पौडेल, खड्क लामिछाने, जयप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस खानीगाउँका सचिव भिमवहादुर क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार १५:१४