मानव अधिकार तथा शान्ति समाज पर्वतको अध्यक्षमा शिवराज शर्मा

माघ २४, पर्वत । मानव अधिकार तथा शान्ति समाज पर्वतको अध्यक्षमा शिवराज शर्मा चयन हुनुभएको छ । कुश्मामा शनिवार सम्पन्न २३ औँ बार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनले शर्मा नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । समाजको उपाध्याक्षमा मुक्तिराम पोख्रेल, सचिवमा साजन परियार, कोषाध्याक्षमा संगिता क्षेत्री गौतम, सहसचिवमा राधा नेपाली चयन हुनुभएको छ । समाजको सदस्यहरुमा माया अधिकारी, अच्चुत तिवारी, गितादेवी अधिकारी, तारा गिरी, शान्ति आचार्य र सन्तोष पाठक चयन हुनुभएको छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव कृष्ण बहादुर रावलले ‘असंवैधानिक एवम अलोकतान्त्रिक तवरमा प्रतिनिधी सभा विघटन प्रतिगमन सिलसिल’ विषय गोष्ठीमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको घाटी थिचेर हत्या गरेको बताउनु भयो । प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उहाँको भनाई छ । प्रधानमन्त्रीको सर्बसत्तावाद निरंकुश प्रवृतिले मुलुक फेरी गम्भीर गोडमा पुगेको बताउँदै नेपाली जनताको सात दशकको उपलव्धी माथि प्रहार भएको भन्दै मानव अधिकार तथा शान्ति समाज निरन्तर खवरदारी गर्ने बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य सरस्वती शर्मा ‘जिज्ञासू’, मानव अधिकार तथा शान्ति समाज पर्वतका पूर्व अध्यक्ष गोविन्द पोख्रेल, मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार कमलनाथ पोख्रेल र निर्म विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष कुलवहादुर पुनले संस्थाको आर्थिक, सांगठनिक प्रस्तुत गरेको थियो ।

समाजका निवर्तमान अध्यक्ष कुलवहादुर पुनले सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन समाजका सचिव साजन परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार ०८:५८