संसद विघटनविरुद्ध पर्वतका पेसाकर्मीको मौन विरोध प्रदर्शन

माघ २४, पर्वत । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार कुश्मा बजारमा मौन प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनस्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । लोकतान्त्रिक चोकवाट शुरु भएको विरोध प्रदर्शन प्रगतिचोक हुँदै आचार्य चोकमा आएर कोण सभामा परिणत भएको थियो ।


सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् स्थानिय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघाटन गरेर संविधान र लोकतन्त्र माथि प्रहार गरेको बताए । प्रधानमन्त्रीको सर्बसत्तावाद निरंकुश प्रवृतिले मुलुक फेरी गम्भीर मोडमा पुगेको उहाँको भनाई छ । नेता जोशीले भने,‘कम्युनिष्टहरु लोकतन्त्रिक पद्धतिमा कहिल्यै विश्वास गर्देनन्,संसद उनीहरुका लागि सँधै खतरा हुन्छ, संविधान पनि उनीहरुका लागि बाधक हुन्छ, किनकी संविधान देशको मुल कानुन हो, कानुन नियम कम्युनिष्टहरुका लागि अवरोध हुन्छ ।,’ कम्युनिष्टहरु एकदलिय सर्वसत्तावाद शासन प्रद्धती लागू गर्न संविधान माथि प्रहार गदै केपी ओलीले संसद विघाटन गरेका हुन्,।’ नेता जोशीले भने । मुलुकमा कम्युनिष्ट पार्टी मात्र नभएको जिकिर गदै नेता जोशीले संविधान र लोकतन्त्रको रक्षाका लागि करोडौँ जनता अदालतको निर्णय पर्खेर बसेको बताए । यदी संसद पुनस्थापना पनि नहुने र बैशाखमा चुनाव भएन भने केपी ओलीलाई जनताले ज्ञानेन्दका मान्छेलाई झैँ गाउँगाउँवाट लखट्ने बताउनु भयो । उहाँले मुलुकमा लोकतन्त्र स्थापना गर्नका लागि पेशाकर्मीहरुको महत्वपूर्ण योगदान गरेको बताउँदै फेरी संविधान र लोकतन्त्रको रक्षाका लागि पेशाकर्मीहरु जुर्मुराउनु पर्ने अवस्था आएको बताउनु भयो ।


कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, प्रतिनिधी सभाका निवर्तमान साँसद लालकाजी गुरुङ, नेपाल निजमति कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, नेपाली काँग्रेस पर्वतका पार्टी सचिव विश्व प्रसाई, पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिकाकी उपप्रमुख सिताकाफ्ले लामिछाने, कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्री, नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशव भण्डारी, नेपाली काँग्रेसकी महासमिति सदस्य मिना केसी,नेपाली काँग्रेस समन्वय विभागका केन्द्रिय सदस्य काशीकुमार जोशी, नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, प्राध्यापक संघ पर्वतका अध्यक्ष नवराज शर्मा, नेपाल प्रेस युनियन पर्वतका बरिष्ठ उपाध्याक्ष रोशनप्रसाद तिवारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल टे«ड युनियन निवर्तमान केन्द्रिय सदस्य एवम् लोकगायक विमलराज क्षेत्रीले विभिन्न गित प्रस्तुत गर्नुभएको थियो । नेपाल टे«ड युनियन संघ पर्वतका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वागत नेपाल लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री र कार्यक्रमको संचालन नेपाल शिक्षक संघ पर्वतका सचिव यज्ञ बास्तोलाले गर्नुभएको थियो ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार ११:४०