नेवि संघ मौरी जस्तै मेहनती हुनुपर्छ -काँग्रेस नेता क्षेत्री

सन्तोष पाठक नेपाली आवाज । नेपाली काँग्रेसका नेता राजकुमार क्षेत्रीले नेवि संघलाई मौरी जस्तै मेहनती बन्न सुझाव दिएका छन् ।
नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाई कार्यसमितिले आज गुप्तेश्वर बहुमुखी क्याम्पसमा आयोजना गरेको पुस्तक तथा खेलकुद हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रीले नेवि संघले महुरीले जस्तै मेहनत गर्न सके काँग्रेस बलियो हुने बताए ।

संगठनलाई बलियो बनाउन सवैभन्दा पहिले नेवि संघलाई चलायमान बनाउनु पर्ने उनको तर्क छ । विद्यार्थी संगठन बुद्धिजिवी संगठन भएकाले पार्टीले यिनीहरुको सिप र क्षमतालाई सदुपयोग गर्नुसके पार्टी संचालनमा सहयोग पुग्ने बताए ।

‘नेवि संघ महुरी जस्तै महेनती र एकता बद्ध भएर अबको काँग्रेसलाई एक ढिक्का बनाउन निर्देशन दिए । पछिल्लो समयमा पार्टीका गतिविधी सुस्ताएको अवस्थामा नेवि संघ गुप्तेश्वर बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रमले पार्टीलाई टेवा मिलेको बताए ।
उहाँले काँग्रेसले विगतमा भएका कमी कमजोरीलाई सुझावको रुपमा लिएर अगडी बढ्नुपर्ने धारण राखे ।

प्रकाशित मिति ७ माघ २०७५, सोमबार १३:५६