मेगा बैंक नेपाल लिमिटेड कुश्मा शाखाद्धारा दुर्घटना बिमा रकम भुक्तानी

माघ २६, पर्वत । मेगा बैंक नेपाल लिमिटेड कुश्मा शाखाले दुर्घटना बिमा बापतको रकम भुक्तानी गरेको छ । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत कर्मचारी स्वर्गिय भोलाराम शर्माकी पत्नी यामकला ढकाल शर्मालाई बैंकमा रहेको तलबी खातामा बैंकले प्रदान गर्ने सात लाखको दुर्घटना बिमा बापतको दावी रकम भुक्तानी गरेको हो ।

शर्माको विद्युत लाईन मर्मतका क्रममा भदौ २९ गते मृत्यु भएको थियो । बैंकले नेको ईन्स्य्रेन्स कम्पनीको सहयोगमा तलब खातामा दुर्घटना बिमा गराउँदै आएको छ । बैंकले कर्मचारीको तलव खातामा ७ लाख बराबरकाृ दुर्घटना बिमा लगायतका अतिरिक्त सुविधा प्रदान गदै आएको छ ।
रकम हस्तान्तरण पश्चात भोलाराम शर्माकी पत्निले आफ्नो पतिको मृत्यु पश्चात बैंकले प्रदान गरेको बिमा रकमले परिवारको भरण पोषणमा धेरै ठुलो सहयोग पुग्ने भन्दै बैंक परिवारले बिमा दावी प्रक्रियामा गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा मेघ बैक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्तको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कुश्मा शाखाका अपरेशन इन्चार्ज प्रमिला गिरी र कार्यक्रमको संचालन कुश्मा शाखाका प्रबन्धक केशव आचार्यले गर्नुभएको थियो । कार्यक्रममा जलजला गाउँपाकिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई, प्रदेश मार्केटिङ अफिसर लेखनाथ गौत्तम, कालिगण्डकी एकेडेमिका प्रिन्सिपल एंव गुप्तेश्वर बहुमुहि क्याम्पस पर्वतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

बैंकले प्रदान गर्ने कर्र्मचारी तलब बचत खाता तथा बैंकले शु गरेको अभिभावक बचत खाता लगायतका विभिन्न बचत खाताहरको विशेषताहरुका बारेमा कुश्मा शाखाका ग्राहक सेवा विभागका तारा पोख्रेलले जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार १६:२८