नेपाल दलित संघ जलजला गाउँपालिकाको अध्यक्षमा बुद्धि परियार

फागुन २, पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल दलित संघ पर्वतले संगठन विस्तार सँगै सुदृढिकरण अभियान थालेको छ । जिल्लाका सबै स्थानिय तहमा आफ्नो संगठनलाई मजबुत बनाउन तथा दलितहरुका हकहितलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले संगठन विस्तार अभियान थालेको हो । अभियान अन्तर्गत शनिवार जलजला गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट सर्वसम्मत रुपमा बुद्धि परियार चयन हुनुभएको छ । परियार जिल्लाका दलित अधिकारकर्मी समेत हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा रामजी बोहरा, उपाध्यक्षमा देवी दर्जी, सचीवमा सोविता परियार, सह–सचिवमा मिना परियार, कोषाध्यक्षमा बागविर नेपाली, सह–कोषाध्यक्षमा राजु विश्वकर्मा चयन हुनुभएको छ । संघको सदस्यहरुमा ज्योति विश्वकर्मा, कुलबहादुर परियार, कलाधर विश्वकर्मा, पार्वती दर्जी, गुमा परियार, राम बहादुर परियार, दिलसरा विश्वकर्मा र लालबहादुर परियार चयन हुनुभएको छ । समितीले आवश्यकता अनुसार अन्य छुटेका वडाका पदाधिकारीहरुलाई मनोनीत गर्नेछ ।

कार्यक्रममा नेपाल दलित संघ पर्वतका संस्थापक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी जित बहादुर नेपालीले दलित संघको स्थापना निकै संक्रमणकालिन अवस्थामा भएपनि आफु संगठन विस्तारमा अविचलित रुपमा लागेको बताउनु भयो । उहाँले संगठन कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गदै संगठित भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । नेता नेपालीले नवनिर्वाचित समितीलाइ बधाई दिँदै संघले गर्ने हरेक गतिविधिमा आफ्नो साथ सहयोग रहने बताउनुभयो ।

नेपाली कांग्रेस पर्वत जिल्ला सदस्य निर्मल विश्वकर्माले नेपालको इतिहासदेखी नै हरेक आन्दोलन र परिवर्तनमा दलित समुदायको महत्त्वपूर्ण भुमिका हुँदाहुँदै पनि दलितलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुनु दुःखद रहेको बताउनुभयो । नेता विश्वकर्माले जलजलामा बनेको दलित संघलाइ आफ्नो ठाउँबाट संधै सहयोग गर्ने र हरेक आन्दोलनमा संगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस जलजला गाउँपालिका नेता एवम् वडा नम्वर ७ धाईरिङका पार्टी सभापति राजु आचार्यले नेपालका सबैखाले परिवर्तनमा दलित समुदायको अहम भुमिका रहेको बताउनुभयो । समाजको समग्र विकास र रुपान्तरणकाका लागी सबै समुदायको समान उपस्थिति हुनुपर्ने बताउनुभयो । जलजला ६ सालिजाका पार्टी सभापति बल बहादुर पुनले समान हैसियत र अधिकारका लागी पछि पारिएको बर्ग संधै लडिरहनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल दलित संघ पर्वत जिल्ला सदस्य डम्बर विश्वकर्मा, नेपाल महिला संघका क्षेत्रीय सभापति लक्ष्मी हमाल आचार्य, कार्यक्रममा दलित अधिकारकर्मी बागवीर नेपाली, सविता नेपाली लगायतले बोल्नुभएको थियो ।

नेपाल दलित संघ पर्वत जिल्ला अध्यक्ष याम परियार ‘शिव’को सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालन नेपाल दलित संघ पर्वतका कोषाध्यक्ष ठाकुर रसाईली र स्वागत सदस्य बल बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार ०३:४७