गण्डकी प्रदेशका कार्यालयमा कृषि ज्ञान केन्द्र पर्वत उत्कृष्ट, नगद सहित सम्मानित

फागुन ५, पर्वत । कृषि ज्ञान केन्द्र पर्वतको कार्यालय गण्डकी प्रदेशमा उत्कृष्ट कार्यालय घोषित भएको छ । गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये नमूना कार्यालय मापदण्ड–२०७६ बमोजिम कृषि ज्ञान केन्द्र यस बर्षको नमूना कार्यालय छनोट भएको हो । गण्डकी प्रदेश सरकारले तेस्रो बार्षिकोत्सवको समारोहमा उत्कृष्ट घोषित गदै नगद २० हजार सहित पुरस्कृत गरेको छ ।
कृषि ज्ञान केन्द पर्वतका प्रमुख मनिता थापालाई मंगलवार गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र सभामुख नेत्र अधिकारीले संयुक्त रुपमा नगद सहित सम्म्मानपत्रले पुरस्कृत गरेका हुन् ।
पुरस्कृत भएपछि कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले गण्डकी संचार अनलाईन सँग खुशी साट्दै भन्नुभयो,‘गण्डकी प्रदेश मातहतका पर्वत जिल्लाका कार्यालय मध्येबाट पुरस्कृत भए सँगै कार्यालय सेवाह र सुशासनको क्षेत्रमा थप चुनौती थपिएको छ । आगामी दिनमा सेवाग्राहीको मागलाई ध्यानमा राखेर थप जिम्मेवारीका साथ काम गर्ने छौँ ।,’
उहाँले यो पुरस्कार कृषि ज्ञान केन्द्र पर्वतको मात्र नभई समग्र किसानहरुको महेनत र अगावका कारण प्राप्त भएको समेत बताउनु भयो ।

प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार ०५:३७