काँग्रेस नेतृ उषा भुषाल महिला विभागको केन्द्रिय सदस्यामा मनोनित

फागुन ६, पर्वत । नेपाली काँग्रेसकी नेतृ एवम् नेपाल जनसम्पर्क समिति इजरायलकी निवर्तमान महामन्त्री उषा भुषाल नेपाली काँग्रेस महिला विभागको केन्द्रिय सदस्यामा मनोनित हुनुभएको छ । भुषाललाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरवहादुर देउवाले केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गर्नुभएको हो । भुषाल हाल नेपाली जनसम्पर्क समिती इजरायलकी सल्लाहकार समेत रहनुभएको छ ।
लामो समयदेखि नेपाली काँग्रेसको राजनितिमा सक्रिय भएर प्रवासमा समेत नेपाली कांग्रेसको राजनितिलाई महत्वपूर्ण स्थानमा पु¥याउन सफल भएको भन्दै भुषाललाई केन्द्रिय महिला विभागको सदस्यमा मनोनीत गरिएको जनाइएको छ ।
रुपन्देही जिल्ला देबदह नगरपालिका कि स्थाई बासिन्दा भुषाल महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै गण्डकी संचार अनलाईनलाई प्रतिक्रिया दिदै आगामी दिनमा पार्टीलाई थप सुदृढ र गतिशील बनाउन अझै शसक्त भूमिका खेल्ने बताउनु भयो । विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी भुसाल सामाजिक कार्यमा पनि क्रियाशिल छ्न ।

प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार ०१:०२