फागुन १०, पर्वत । नेपाली काँग्रेस फलेवास नगरपालिका–८ ठानामौलाले पार्टी कार्यालय स्थापना गरेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर कार्यालयको स्थापना गरेको हो । भवनको नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदीले गर्नुभएको हो । पार्टीका कामलाई प्रभावकारी र जनतामुखी बनाउने उद्देश्यले दुई बर्षका लागि भाडाको घरमा पार्टी कार्यालय स्थापना गरेको नेका ठानामौलाका सचिव शालिग्राम कुवँरले जानकारी दिनुभयो । ‘अहिले मासिक रुपमा भाडा तिर्ने गरि दुई बर्षका लागि सम्झौता गरेका छौँ,’सचिव कुवँरले भन्नुभयो,‘ दुई बषपछि हाम्रो आफ्नै भवन हुनेछ ।’ ‘पार्टी कार्यालयमा फर्निचरका सामग्री समेत राखिएको छ । कम्प्युटर र इन्टरनेटको व्यवस्था सँगै पार्टीका गतिविधीलाई सामजिक संजाल मार्फत प्रचारप्रसार गरिने छ ।,’सचिवले भन्नुभयो ।

कार्यालयको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथी समेत रहेका नेवि संघ पर्वतका अध्यक्ष सुवेदीले मिलन सुबेदीले पार्टी कार्यालय उद्घाटन कार्यक्रमले काँग्रेसीजनहरुमा उत्साह छाएकोे बताउनु भयो । उहाँले पार्टीका कामलाई थप सक्रिय र प्रभावकारी बनाउँदै काँग्रेसलाई बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कम्युनिष्टका कारण मुलुक फेरी संकटमा परेको बताउँदै मुलुकको निकास र विकासका लागि काँग्रेसले नेतृत्व गर्ने धारण राख्नुभयो । उहाँले नेपाली जनताले सात दशक लामो जनआन्दोलन, जनयुद्ध, संघर्ष र बलिदानबाट प्राप्त भएकाको संविधान माथि कुठरघात गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली शर्माले असंवैधानिक कदम बिरुद्धसम्पूर्ण जनता एक हुनुपर्नेमा जोड दिनुभयो । काँग्रेस नेता समेत रहेका सुवेदीले प्रतिनिधी सभा निर्वाचनमा कम्युनिष्टहरुले जनतालाई झुक्काएर दुई तिहाई मत लगेको बताउँदै अबको निर्वाचनका कम्युनिष्ट मुलुकबाटै पतन हुने दाबी गर्नुभयो ।

नेपाली काँग्रेस ठानामौलाका पार्टी सभापति हेमराज कुवँरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका तर्फवाट स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार रोशन गुरुङ, कार्यवाहक सभापति मोती रेग्मी, उपसभापति सुर्यमान गुरुङ, पार्टी सल्लाहकार समिति संयोजक बुद्धिमान सुवेदी लगायतले बोल्नुभएको थियो ।
