पर्वत पाङ धैरेनी माविमा नेवि संघ गठन, अध्यक्षमा सन्दिप नेपाली

बुद्धि परियार, पर्वत । नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाले संगठन विस्तार गरेको छ । नेवि संघले कुश्मा नगरपालिका–१ पाङमा अवस्थित पाङ धैरनी माविमा संगठन विस्तार गरेको हो । सोमवार विद्यालयमा भएको भेलाले सन्दिप नेपालीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन छ । समितिको उपाध्याक्षमा गोकुल रिजाल, यशोधा पौडेल र भगवती पौडेल चयन हुनुभएको छ । सचिवमा देवकी सुवेदी र अर्को सचिवमा मदन विक चयन हुनुभएको छ । कोषाध्याक्षमा अनिस छन्त्याल र सहकोषाध्याक्षमा विक्रम रिजाल चयन हुनुभएको नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाका सभापति अजय पोख्ररेलले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा शुस्मा सुवेदी, एलिशा क्षेत्री, अनिल नेपाली, शालीग्राम कँडेल, विक्रम नेपाली, सुरज पौडेल, विनिता नेपाली, खुशी परियार, सञ्जय परियार, सविना परियार, राम्जी सुवेदी, रुविना परियार, राम्जी सुवेदी र कुमार नेपाली चयन हुनुभएको छ ।

सभापति पोख्ररेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाली काँग्रेस कुश्मा नगरपालिका–१ पाङका सभापति खगराज पौडेल, नेपाल विद्यार्थी संघ पर्वतका निर्वतमान उपाध्याक्ष किशोर सुवेदी, निवर्तमान सचिव बरदान पौडेल, नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका इकाई सभापति शिशिर शर्मा पौडेल, नेपाल विद्यार्थी संघ हिमालय मावि खुर्कोटका ईकाई सभापति विवेक गिरी, नेवि संघका नेता रामचन्द्र सुवेदी(आर.सी) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाले नगरका सबैवडामा संगठन विस्तार गर्ने जनाएको छ ।

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०३:४०