पर्वत उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा सम्पन्न, नेपालमा लगानीको वातावरण भएन– गोल्छा

फागुन १२ पर्वत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीलाई लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य संघको ४५ औँ स्थापना दिवश, ३८ औँ साधारणसभा तथा १७ औँ अधिबेशनको बुधवार कुश्माबजारमा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । 

राजनीतिक उतारचढावका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको गोल्छाको भनाई छ । उद्योगी व्यवसायीहरुलाई सरकार र राजनीतिक तहबाट प्रोत्साहन हुन नसकेको बताउँदै गोल्छाले निजी क्षेत्र जहिले पनि उपेक्षामा परेको गुनासो गर्नुभयो । कोभिडको प्रभावबाट व्यावसायमा परेको प्रभावलाई कम गर्न र देशको आर्थिक स्थिती सुधारका लागि उद्योग बाणिज्य महासंघले भिजन पेपर तयार पार्न थालेको उहाँले जानकारी दिनुभयो । दोहोरो अंकमा आर्थिक बृद्धि गर्न, बेरोजगार यूवालाई देशमै रोजगारी दिन, लगानीमैत्री वातावरण बनाउन र उद्योग प्रबर्दन गर्न लगायत ५२ वटा विभिन्न खाले कार्ययोजना समेटेर भिजन पेपर तयार पार्न थालिएको गोल्छाले अवगत गराउनुभयो । भिजन पेपर तयार पारेपछि आर्थिक विकासको मार्गचित्र आउने उहाँले स्पष्ट पार्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायीले देशमा राजनीतिक स्थायीत्व खोजिरहेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको उहाँले गुनासो गर्नुभयो । उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले स्वागत मन्तव्य संगै आफ्नो कार्याकालमा भएका सकारात्मक कार्यहरुको विवरण प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा बन्जिजम्प सञ्चालन गर्ने द क्लिप प्राली, यान्त्रिक पुल सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठ, नमूना ट्राउट माछा फर्म सञ्चालक यामप्रसाद शर्मालाई सम्मान गरिएको छ । यस्तै कोरोना संक्रमणको बेला उपभोक्तालाई सहज रुपमा सेवा प्रदान गर्ने सुरेन्द्र किराना स्टोर्सका सञ्चालक लक्ष्मीप्रसाद अधिकारी, पुलिङ क्वारेण्टाईन सञ्चालनमा सहयोग गर्ने व्लु एन्जल होटल, बन्दना होटल, माउण्टेन भ्यू होटल र खाना व्यवस्थापन गर्ने यूनिभर्सल पार्टी प्यालेस , रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश शर्मा पौडेल लाई सम्मानपत्रले सम्मान गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाएका व्यवसायी बालकृष्ण पुरी, जुना क्षेत्री र विरामी भई मृत्यु भएका भगवती पौडेलका परिवारलाई राहात रकम वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि। पौडेल, फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, पैयँज गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाई , नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी , ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर घिमिरे लगायतले बोल्नुभएको थियो । उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश शर्मा लामिछानेले गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीलाई लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य संघको ४५ औँ स्थापना दिवश, ३८ औँ साधारणसभा तथा १७ औँ अधिबेशनको आज कुश्माबजारमा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । 

राजनीतिक उतारचढावका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको गोल्छाको भनाई छ । उद्योगी व्यवसायीहरुलाई सरकार र राजनीतिक तहबाट प्रोत्साहन हुन नसकेको बताउँदै गोल्छाले निजी क्षेत्र जहिले पनि उपेक्षामा परेको गुनासो गर्नुभयो । कोभिडको प्रभावबाट व्यावसायमा परेको प्रभावलाई कम गर्न र देशको आर्थिक स्थिती सुधारका लागि उद्योग बाणिज्य महासंघले भिजन पेपर तयार पार्न थालेको उहाँले जानकारी दिनुभयो । दोहोरो अंकमा आर्थिक बृद्धि गर्न, बेरोजगार यूवालाई देशमै रोजगारी दिन, लगानीमैत्री वातावरण बनाउन र उद्योग प्रबर्दन गर्न लगायत ५२ वटा विभिन्न खाले कार्ययोजना समेटेर भिजन पेपर तयार पार्न थालिएको गोल्छाले अवगत गराउनुभयो । भिजन पेपर तयार पारेपछि आर्थिक विकासको मार्गचित्र आउने उहाँले स्पष्ट पार्नुभयो । नोल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायीले देशमा राजनीतिक स्थायीत्व खोजिरहेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको उहाँले गुनासो गर्नुभयो । उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले स्वागत मन्तव्य संगै आफ्नो कार्याकालमा भएका सकारात्मक कार्यहरुको विवरण प्रस्तुत गर्नुभयो । 

उक्त कार्यक्रममा बन्जिजम्प सञ्चालन गर्ने द क्लिप प्राली, यान्त्रिक पुल सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठ, नमूना ट्राउट माछा फर्म सञ्चालक यामप्रसाद शर्मालाई सम्मान गरिएको छ । यस्तै कोरोना संक्रमणको बेला उपभोक्तालाई सहज रुपमा सेवा प्रदान गर्ने सुरेन्द्र किराना स्टोर्सका सञ्चालक लक्ष्मीप्रसाद अधिकारी, पुलिङ क्वारेण्टाईन सञ्चालनमा सहयोग गर्ने व्लु एन्जल होटल, बन्दना होटल, माउण्टेन भ्यू होटल र खाना व्यवस्थापन गर्ने यूनिभर्सल पार्टी प्यालेस , रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश शर्मा पौडेल लाई सम्मानपत्रले सम्मान गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाएका व्यवसायी बालकृष्ण पुरी, जुना क्षेत्री र विरामी भई मृत्यु भएका भगवती पौडेलका परिवारलाई राहात रकम वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि। पौडेल, फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाई , नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी , ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर घिमिरे लगायतले बोल्नुभएको थियो । उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश शर्मा लामिछानेले गर्नुभएको थियो ।

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार ०३:४०