पर्वत उद्योग वाणिज्य संघको वहुउदेश्यिय कल्याणकारी कोषमा ६१ लाख जम्मा

फागुन १५, पर्वत । पर्वत उद्योग वाणिज्य संघले सञ्चालन गरेको वहुउदेश्यिय कल्याणकारी कोषको रकम ६१ लाख पु¥याइएको छ । उद्योग वाणिज्य संघ पर्वतले मेला महोत्सव तथा विभिन्न आम्दानीबाट स्थापना गरेको कोषमा चालु वर्ष ४० लाख रुपैयाँ थपिएको हो । २०७१÷ ७४ का अध्यक्ष हरिओम शर्मा लामिछानेको कार्यकालमा उक्त कोष स्थापना भएको थियो । कल्याणकारी कोषमा हालको कार्यसमितिले रकम थपेर ६१ लाख पु¥याएको छ ।

गरिमा विकास बैँकको निक्षेप खातामा राखिएको कोषको रकम बाट प्राप्त हुने ब्याजबाट व्यावसायी तथा सर्वसाधारणलाई प्रोत्साहन, उपचार, विभिन्न प्रकोपमा राहात वितरण लगायतमा खर्च गर्ने व्यवस्था मिलाईएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माका अनुसार कोषको व्याजबाट यो वर्ष कोभिडका कारण मृत्यु भएका ४ जनाका परिवारलाई राहात, बन्जिजम्प, यान्त्रिक पुल, कोभिड क्वारेण्टाईन सञ्चालन गर्ने व्यावसायीलाई सम्मान, आगालागी पीडितलाई राहात वितरण, खाद्य बैँक लाई आर्थिक सहयोग गरिएको छ ।

कोभिडको शुरुमै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई मास्क वितरण समेत गरिएको थियो । कोष लाई आगामी दिनमा बढाएर थप कल्याणकारी काम गर्ने लक्ष्य रहेको पनि शर्माले बताउनुभयो । उहाँले कल्याणकारी कार्यका लागि स्थापना भएको कोषका कारण धेरै खाले काम गर्न सकिने भएकाले यसलाई वहुउदेश्यिय कोषको रुपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार ०३:२६