पर्वत बाजुङका काँग्रेस अगुवा सुवेदीको सम्झनामा काँग्रेसले गर्यो श्रद्धाञ्जली सभा

पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् स्थानिय तह समन्वय विभागका केन्द्रिय संयोजक अर्जुनप्रसाद जोशीले मोदी गाउँपालिका –५ बाजुङ निवासी काँग्रेसका क्रियाशिल सदस्य एवम् समाजसेवी डण्डापाणि सुवेदीको १२ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस वडा कार्य समिति बाजुङद्धारा स्वर्गिय सुवेदीकै निवासमा आयोजित श्रद्धाञ्जली सभामा सहभागि भएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै केन्द्रिय सदस्य जोशीले स्वर्गिय सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभयो । स्वर्गिय सुवेदीले पार्टी संगठन र बाजुङको विकासमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गदै नेता जोशीले मृतआत्माको चिर शान्तिको कामना व्यक्त गर्नुभयो ।

निवास्र्थ भावना बोकेर पार्टीमा लाग्नेहरुकै कारण आज काँग्रेस सवैको सर्वप्रिय पार्टी भएको बताउँदै जनताले फेरी काँग्रेसलाई खोजिरहेको बताउनु भयो । हिजो काँग्रेस कहाँ छ भन्नेहरुले नै आज काँग्रेसको दैलोमा पुगेर साझेदारीको भिख मागेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी एवम् कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले स्वर्गिय सुवेदीको निधनले पार्टीलाई अपूर्ण क्षति पुगेको बताउँदै शोकलाई शक्तिमा बदल्न परिवारजनलाई आग्रह गर्नुभएको । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य कुलप्रसाद उपाध्याय, अर्का जिल्ला सदस्य रामवहादुर प्रसाई जिवन र परिवारको तर्फवाट मनवहादुर सुवेदी क्षेत्रीले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस मोदी गाउँपालिका–५ बाजुङका सभापति मानवहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य डिल्लीप्रसाद शर्मा र कार्यक्रमको संचालन विरेन्द्र प्रकाश हमालले गर्नुभएको थियो ।

प्रकाशित मिति १७ फाल्गुन २०७७, सोमबार २३:५५