वीपी स्टडी युथ सर्कल पर्वतको अध्यक्षमा बिबेक गिरी

फागुन १९, पर्वत । वीपी स्टडी युथ सर्कल पर्वतको अध्यक्षमा बिबेक गिरी चयन भएका छन् । जन नायक वीपी कोइरालको संघर्ष, बीवी विचार, साहित्य, दर्शन र उनका विभिन्न पुस्तकलाई अध्ययनविचार र विमर्शको लागि वीपी स्टडी सर्ककको कार्यसमिति बिस्तार भएसँगै जिल्ला अध्यक्षमा गिरी चयन भएका हुन् ।
गिरी नेवि संघ पर्वतका सक्रिय नेता हुन् । नेपाल विद्यार्थी संघ हिमालय माविका ईकाई सभापति समेत रहेका गिरी पर्वत जिल्लामा र्बाद्धिक विद्यार्थी नेताको रुपमा परिचित छन् ।
जिम्मेवारी पाएसँगै गिरीले आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताए । उनले भनेका छन्,‘जिम्मेवारी दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछु, मेरो कार्यकालमा संगठन र काँग्रेस पार्टीलाई हित हुने कार्य गर्ने प्रतिबद्धता गदर्छु ।’
वीपी स्टडी युथ सर्कलका केन्द्रिय कार्य समितिले गिरी सहित १७ जनालाई जिल्ला अध्यक्षमा चयन गरेको केन्द्रिय अध्यक्ष ऋषि कोईरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार ००:२०