सरकारले वार्ता टोली गठन गरे लगत्तै विप्लवले बनाए समिति

फागुन १९, काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द्र विप्लव समुह विच वार्ता हुने भएको छ । सरकारले वार्ता टोली गठन गरे लगत्तै नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले समेत सरकारसँग वार्ताका लागि टोली गठन गरेको छ ।

विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । वार्ता टोली उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।

नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छु, विप्लवले विज्ञप्तिमा भनेका छन्,पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क. प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क।दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं ।ु

प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार ००:५०