सरकारका विरुद्ध सडकमा उत्रिन  तरुण युवालाई अध्यक्ष ठकुरीको आह्वान

नेपाली आवाज । नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले सरकारका विरुद्ध सडकमा उत्रिन सम्पूर्ण तरुण युवाहरुलाई आह्वान गर्नुभएको छ । सरकारको अधिनायकवादी चरित्र विरुद्ध नेपाल तरुण दल केन्द्रिय समितिले माघ ११ गते पोखरामा आयोजना गरेको प्रदेश स्तरिय विरोध प्रर्दशनमा सहभागी हुन पर्वत तरुणहरुलाई आह्वान गर्नुभएको हो ।

‘कम्युनिष्ट सरकारको चमत्कार–मँहगी , बलात्कार र भष्ट्राचार’ भन्ने मुल नाराका साथ आयोजना गरेको विरोध सभामा सहभागि भई सरकार विरुद्ध आवाज उठाउन सम्पूर्ण युवाहरुलाई आग्रह गर्नुभएका छ ।

पर्वतको कुश्मामा पत्रकार सँग कुराकानी गदै ठकुरीले सरकार हदैसम्म गिरेको र जनताको आधारभूत आवश्यकतालाई समेत वेवास्ता गरि एकलौटी दलालहरुको सहयोगी बनेकोमा यो अत्यन्तै निन्दनीय छ । ‘सरकार विरुद्धको आन्दोलन एक संगठनको मात्र नभई सम्पूर्ण देशवासीको आन्दोलन भएको ठकुरीको भनाई छ ।’

अध्यक्ष ठकुरीले निर्मला हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन नसक्नु र डा. गोबिन्द केसीका मागलाई समेत बेवास्ता गर्दै अघि बढ्नु दुःखदायी भएको बताउनु भयो । सरकारले वाइडबडी, बुडी गण्डकी लगायतमा देशका महत्वपूर्ण आयोजनामा चरम भष्ट्राचार गरेको कर्मचारी, प्रहरी, पत्रकार माथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनु भयो ।

जनताले विकासका लागि म्यान्डेट दिएर नेकपालाई जिताएपनि प्रधानमन्त्रीको अभिव्यक्तिले यसको अवमूल्यन गरेको उहाँले बताउनु भयो । अध्यक्ष ठकुरीले निर्मला हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन नसक्नु र डा. गोबिन्द केसीका मागलाई समेत बेवास्ता गर्दै अघि बढ्नु दुःखदायी भएको बताउनु भयो । सरकारले वाइडबडी, बुडी गण्डकी लगायतमा देशका महत्वपूर्ण आयोजनामा चरम भष्ट्राचार गरेको कर्मचारी, प्रहरी, पत्रकार माथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनु भयो । सरकार विरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको ठकुरीले बताउनुभयो । सरकार माफियाहरुको दलदलमा फसेको बताउँदै यो सरकरवाट आशा गर्नुृ बेकार हुनेछ ।

एक फरक प्रशगमा बोल्दै ठकुरीले काँग्रेस संगठन विस्तारमा निकै सुस्त भएको बताउनु भयो । ‘संगठन विस्तारमा कसैको ध्यान छैन उहाँले भन्नुभयो ।,‘नेताहरुलाई संगठन भन्दा पनि भोली कस्ले टिकेट ल्याउँछ भन्ने चिनता छ ।’ ‘गाउँका कार्यकर्ताहरुमा निरासापन छाएको बताउँदै संगठन विस्तारमा सवैले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति ९ माघ २०७५, बुधबार ०२:०७