पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआईसीको  अध्यक्षमा गोबिन्द अधिकारी

फागुन २५, पर्वत । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआईसीको कुश्मा शाखा आईतवार गठन भएको छ । अध्यक्षमा गोबिन्द अधिकारी चयन हुनुभएको छ । उपाध्यक्षमा सुसिलाकुमारी शर्मा, सचिवमा वावुराम लामिछाने, कोषाध्यक्षमा सुमित्रा ढकाल अधिकारी चयन हुनुभएको छ । सदस्यहरुमा कमला शर्मा, लक्ष्मी केसी रोका, कमला रेग्मी पौडेल, जमूना पोखरेल, माधवप्रसाद पौडेल र अमृता लामिछाने रहनुभएको छ ।

समिति गठन कार्यक्रममा केन्द्रिय सदस्य एवं एलआईसी बागलुङ शाखाकी एजेन्सी म्यानेजर राममाया घिमिरेले श्रमिकको हकहितको लागि संगठन जरुरी रहेको हुनाले पेशागत बीमा अभिकर्ताको श्रमको मुल्याकंन गर्नका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । अर्का केन्द्रिय सदस्य अर्जुन घिमिरेले नेपाल बीमक समिति गठनले अभिकर्ता र कम्पनी संगको सम्बन्ध सुमधुर पार्न पुलको काम गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष गोबिन्द अधिकारीले बीमामा लाग्ने सबैको क्षमता अभिबृद्धि संगै हकहितमा काम गर्ने बताउनुभयो । सबै बीमा कम्पनी संग सुमधुर सम्बन्ध बढाउने र पर्वतमा बीमाको सकारात्मक धारणा आम सर्वसाधारण सम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार ०४:४४