सरकारबाट समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्र अझै अनिर्णित

फागुन २६, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार र सदन सञ्चालनबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल ९जसपा०सँग छलफल गर्ने भएको छ ।

पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता भने लिएको छैन । आज पार्टी मुख्यालयमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताउनुभयो ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार ००:०९