मृगौला पीडित परियारलाई प्रवासीको सहयोग

फागुन २६, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका मृगौला पीडित युवालाई आर्थिक सहयोग गरेका छन् । दुवै मृगौला फेल भई उपचाररत विष्णु परियारलाई आर्थिक समस्या बढ्दै गएपछि विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोग संकलित रकम १ लखा २ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

स्थानीय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलन गरिएको सो रकम कुश्मा नगरपालिकाकी उपप््रमुख सिता काफ्ले लामिछाने, र माओवादी केन्द्रका युवा नेता शंकर गिरीले संयुक्त रुपमा उक्त रुकम पीडित परियारलाई हस्तान्तरण गरिएका हुन् ।

लामो समय भारत र धौलागिरी बस व्यवसायी समितिमा रहेर सवारी चालकको रुपमा काम गरिरहेका परिवार अहिले कुश्मा नगरपालिका–४ मा बस्दै आएका छन् । ड्राईभर पेशाको भरमा परिवार पाल्दै आएका परिवारमा आर्थिक संकटले उनले ज्यानै जोखिममा परेको छ ।

दुवै मृगौलाले काम गर्न छोडेपछि उपचार खर्च जुटाउन उनका परिवारलाई धौधौ परिरहेको छ । उपचारखर्च जुटाउन उनका आफ्न्त छिमिकीहरुले पनि साथ दिईरहेका छन् । उक्त रकमले नियमित उपचारमा केही सहज हुने पीडित परिवारले बताउनु भयो ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार ०२:५३